महिला माथि भएको हिंसालाई अभिलेख राखे हिंसा न्यूनिकरण हुने

773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १७ चैत्र  -बन जङगल क्षेत्रमा महिला माथि भएको हिंसालाई अभिलेख राख्न सकेमात्र महिला हिंसाको न्यूनिकरण गर्न सकिने कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।

DSC02481युएसएडको आर्थिक सहयोगमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय महासंघको सचिवाल र जिल्ला महासंघ धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको हरियो बन कार्यक्रम प्राकृतिक श्रोत ब्यबस्थापन र जलबायू परिवर्तनको क्षेत्रमा लैङिगक हिंसा ब्यबस्थापनमा चालेको अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हन् ।  सामुदायिक बन उपभोक्ता महासंघ भित्र भएको महिला हिंसालाई न्यूनिकरण गर्ने मुख्य उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।  यसै गरी सामुदायिक बन जंगलमा महिला माथि हिंसा गर्नेलाई काुनुनी प्रक्रियाबाट सजायको ब्यबस्था गर्नु पर्ने, महिला र पुरुष बीचको सम्मान ज्यालाको ब्यबस्था गर्नु पर्ने कार्यक्रममा सहभागिहरुले बताएका थिए । समुदाय तथा अन्य क्षेत्रमा महिलाहरुले गरेको कामको मूल्याङक र आर्थिक तथा सामाजिक विकास नगरे सम्म महिला हिंसाको न्यूनिकरण गर्न नसकिने महिला तथा बालबालिका कार्यालय धादिङका निर्मला के.सीले बताउनु भयो ।

यसै गरी धादिङ जिल्लामा ५१ वटा सामुदायिक बनहरु महिलाहरुको नेतृत्वमा मात्र सञ्चालन गरेको जिल्ला बन कार्यालय धादिङका बन अधिकृत राजेन्द्र मान सिंह भण्डारीले बताउनु भयो ।  सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष भक्त बहादुर सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला बन कार्यालय धादिङका बन अधिकृत राजेन्द्र मान सिंह भण्डारी, भू संरक्षण कार्यालय धादिङका प्रमुख राजु सापकोटा,महिला तथा बालबालिका कार्यालय धादिङका प्रतिनिधि निर्मला के.सी, यू एम एन धादिङका टिम लिडर ससि घलान, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, विभिन्न सामुदायिक बन उपभोक्ता महासंघका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको  सहभागिता रहेको थियो ।