हरेक २० मा १ विद्यार्थी देहव्यापारमा संलग्न

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-एजेन्सी

girlsलन्डल । बेलायतका विश्वविद्यालयमा अध्ययनका लागि खर्च जुटाउन हरेक २० मा एक विद्यार्थी कुनै न कुनै रुपमा वेश्यावृत्तिमा संलग्न भइरहेका छन् ।

एउटा नयाँ सर्वेक्षणमाद्वारा बाहिर ल्याइएको तथ्यांकअनुसार धेरै विद्यार्थी लुकिछिपी यो पेसामा लागिरहेका हुन् ।

‘स्टुडेन्ट सेक्स वर्क प्रोजेक्ट’को रिपोर्टअनुसार देहव्यापारमा महिलाभन्दा पुरुष बढी सहभागी भएको पाइएको छ ।

Lady-300x200वेस्थस्थित स्वान्सा विश्वविद्यालयको सेन्टर फर क्रिमिनल जस्टिस एण्ड क्रिमिनोलोजीले यसबारे अनलाइन सर्वेक्षण गरेको थियो ।

यही सर्वेक्षणअनुसार हरेक २० मा एकजना कलेज स्टुडेन्ट विश्वविद्यालय अध्ययनको सिलसिलामा देह व्यापारको हिस्सा बन्दछन् ।

समाजले नकारात्क दृष्टिले हेर्ने भएकाले अधिकांश विद्यार्थीले यस्तो कुरालाई लुकाउने गरेको पनि सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणले भनेको छ, ‘विश्वविद्यालयका विद्यार्थीहरुलाई देहव्यापारबारे सुक्ष्म रुपमा बुझाउन सक्नु पर्छ ।’

sex 1सर्वेक्षणमा ६ हजार सात सय ५० विद्यार्थीलाई सहभागी गराइएको थियो जसमध्ये पाँच प्रतिशत छात्र र ३.५ प्रतिशत छात्राले आफू देहव्यापारमा सहभागी भएको स्वीकार गरेका थिए ।

सर्वेक्षणअनुसार २२ प्रतिशत विद्यार्थीले ‘आफूले यसबारे सोच्दै नसोचेको’ बताएका थिए ।

वेश्यावृत्तिमा संलग्नमध्ये करिब दुई तिहाइले ‘आफूले विशिष्ट जीवनशैली अनपाउनका लागि’ यस्तो गरेको बताएका थिए ।

त्यसरी नै ५६ प्रतिशतले चाँही ‘आधारभूत खर्च जुटाउन’ यसो गरेको बताएका छन् ।

उक्त सर्वेक्षणमा सहभागी दुई तिहाईले भनेका छन्, ‘हामी आफ्नो अध्ययन सकिने बेलासम्म आफ्नो ऋण कम गर्न चाहन्छौं ।’