राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरि धादिङमा पनि मनाईदै

1615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0855धादिङ-‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम को आयोजना गरी धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी लगायत जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय सहकारी दिवस मनाईदैछ । २०१३ साल चैत २० गते चितवनको शारदानगरमा स्थापना गरिएको नेपालकै पहिलो सहकारी संस्था बखान सहकारीको स्थापना दिवसलाई हरेक बर्ष नेपालमासहकारी दिवसका रुपमा मनाईदै आईएको छ ।
DSC_0844सहकारी दिवसका अवसरमा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जिल्ला सहकारी संघका साथै अन्य बिषयगत सहकारी संघ, डिभिजन सहकारी कार्यालय,विभिन्न सहकारी संस्थाहरुको संयुक्त आयोजनामा पुछारवजार पुलचोकवाट निस्किएको झांकी सहितको प्रभातफेरी सिरानवजार पुगेर सभामा परिणत भएको थियो ।
DSC_0874प्रभातफेरी पछि धादिङ उद्योग वाणिज्य संघको परिसरमा पुगेर आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षता रहेको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी वोर्डका सदस्य सीताराम कोईरालाको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रमलाई बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक सदस्य पार्वती खांड, सूचना तथा सञ्चार सहकारी केन्द्रिय संघका सदस्य दिपक कोईराला लगायतको आतिथ्य रहेको थियो ।