सञ्चार क्षेत्रबाट लोक संगीतलाई सम्मान गर्नु नै मुख्य उद्देश्य हो -किरण अधिकारी

1054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10428522_754514354643854_1693490277318567041_nयहि बैशाख ११ गते लोकतन्त्र दिवसको नेपालको एतिहासिक क्षेत्र नुवाकोटमा हुन लागेको सुन्दरादेवी बागमती स्तरिय लोक दोहारी अवार्ड तयारी यति खेर अन्तिम चरणमा रहेको छ । अवार्ड तयारीमा व्यस्त रहेका अवार्ड आयोजक समितिका अध्यक्ष किरण अधिकारीसंग अवार्डको सेरोफेरोमा रहेर धादिङ न्यूज डट कमले गरेको कुराकानी
१, अवार्डको तयारी कहाँ पुग्यो ?
अवार्डको तयारी तलभग अन्तिममा पुगेका छौं । भखर्रै उत्कृष्ट पाँचको मनोनयन सर्वाजनिक भएको छ । अब भोटिङ सुरु भएको छ ।
२, कलाकारको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
एकदमै उत्साहजनक सहभागीता र सकारात्मक प्रतिक्रिया पाएका छौं । यसले अवार्ड आयोजनामा थप हौसला मिलेको छ ।
३, आफुलाई मन परेको कलाकारलाई कसरी भोटिङ गर्ने तरीका भन्दिनु न ?
हामीले पत्रकार सम्मेलन आयोजना गरी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेका छौं ।त्यममा कलाकारको भाटिङ कोड सार्वनिक गरेका छौं । त्यो भोटिङ कोडमा द्यीब् अनि आफुलाई मन परेको कलाकारको भोटिङ कोड टाइप गरि ४२४३ मा पठाउने ।
४, अवार्डमा को को कलाकार आउँदै हुनुहुन्छ ?
यस अवार्डमा विभिन्न क्षेत्रका कलाकार तथा विभिन्न व्यक्तित्वको उपस्थित हुनुहुने छ । जसमा आधुनिक गायन क्षेत्रबाट रमेश राज भट्टराई, बिजराज पौडेल, सहिमा श्रेष्ठ, सिमा शाह त्यसैगरी चलचित्र क्षेत्रबाट नायिका द्धय रजनी केसी, शुभेच्छा थापा निर्देशकहरु निर शाह, मोहन निरौला, सुमन दाहाल, दिनेश डिसि आउनु हुनेछ । अवार्डमा लोकदोहोरीबाट नारायण रायमाझी, दुर्गा रायमाझि, बद्रि पंगेनी, चन्द्र शर्मा, शिवनारायण जोशी, कुमार बस्नेत, तिर्थ कुमारी श्रेष्ठ, जयनन्द लामा, बुद्धिकृष्ण लामीछाने, जमुना राना, सम्झना लामिछाने, मैना रेश्मी मगर, कल्पना श्रीपाल, गिता रेउले, रिता बुढाथोकी, रिता थापा, अमृता लु¨ेली मगर, रमिलान्यौपाने, उमा श्रेष्ठ, कृष्ण रेउले, नविना पौडेल, रामजी खाँड, बिमलराज क्षेत्री, दिपक खड्का, उद्धव कार्की आउनहुुने छ । साथै हास्य कलाकारहरुमा दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल‘ धुर्मुस’, आरपी भट्टराई अवार्ड कार्यक्रममा सहभागी भए आफ्नो प्रस्तुति दिनुहुने छ ।
५, तपाईहरुले गर्न लाग्नु भएको अवार्ड नुवाकोटको कुन ठाँउमा गर्दै हुनुहुन्छ ?
नुवाकोटको कवर्ड हलमा हामीले लोकदोहोरी अवार्ड कार्यक्रम गर्दै छौं ।
६, मोफसलको मिडियाले आयोजना गर्न लागेको अवार्डमा अन्य मिडियाको कस्तो सहयोग पाउनु भएको छ ?
हामीले पवित्र उद्देश्यले अवार्ड आयोजना गर्न लागेको हुदाँ अन्य मिडियाबाट राम्रो साथ पाएका छों । हाम्रो कार्यक्रम धेरै मिडिया नै अफिसियल मिडिया पार्टनर हुनुहुन्छ ।यसबाट पनि धेरै कुरा थाहा हुन्छ ।
७, अवार्ड गर्नुको मुख्य उद्देश्य ?
सञ्चार क्षेत्रबाट लोक संगीतलाई सम्मान गर्नु नै मुख्य उद्देश्य हो ।
८, अवार्डलाई बागमती क्षेत्रमा सिमित र्पानुको कारण ?
पहिलो चाटि भएर मात्र हो । हामी बागमतीमा सिमित भएका हौं । पछि हामी राष्ट्रिय स्तरमा नै गर्ने छौं ।
९, अवार्ड जस्तो चुनौतीपुर्ण कार्य गर्दै हुनुहुन्छ कतिको विवाद रहित हुन्छ ?
हामी पुर्णरुपमा अवार्डलाई निस्पक्ष रुपमा नै सम्पन्न गर्ने छौं ।यसमा हामी प्रतिबद्ध छौं ।
१०, अवार्डमा कतिको सहयोग पाउनु भएको छ ?
हामीले सबै क्षेत्रबाट सहयोग पाएका छौं । हामीलाई अवार्ड कार्यक्रम सम्पन्न गर्न थप हौसला पाएका छौं ।
११, अन्त्यमा के भन्नु हुन्छ ?
यहाँलाई धेरै धन्यवाद । अवार्ड सम्पन्न गर्नमा यहाँहरु सबैको साथ सहयोगमा अपेच्छा राख्दछु ।