विदेशमा रोजगारी गर्दै गाउंको विकासका लागि सहयोग

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1526654_787296197950590_1964134281_nधादिङ -बैदेशिक रोजगारीमा पुगेका धेरैलाई गाउंवस्तिका वारेमा सोच्ने फुर्सद समेत हुन छाडेको छ । अझ कतिपयले त विदेश पुग्नासाथ नेपालमा रोजगारीको अवसर नपाएको, राजनितिले देश विगारेको,देश भित्र केही अवसर नभएको भन्दै निराशाजनक अभिव्यक्ति दिई रहेका हुन्छन । केहीले भने संसारको जुनसुकै कुनामा पुगेपनि गाउँवस्तिको यादलाई भुल्न नसकेर फुर्सदको समय निकालेर विभिन्न सामाजिक कार्यमा संलग्न भई उत्कृष्ठ कार्य गरिरहेका पनि छन । धादिङ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेक्रम हरेक बर्ष बढ्दै गएको छ । यसरी विदेश जानेहरु मध्ये केहीले आफ्नो गाउंवस्तिका लागि उदाहरणिय कार्य गर्नका लागि विदेशमा स्वयमसेवी संस्थाको स्थापनानै गरेका छन । विदेशमा रहेर संगठित भएकाहरुको पहलमा धादिङ युयएई समाज, धादिङ कोरिया समाज, धादिङ अष्ट्रेलिया समाज, सल्यानटार सेवा समाज दोहा कतार,गाउंमा कम्प्युटर शिक्षा अभियान, ठुलौचौरमा कम्प्युटर शिक्षा अभियान जस्ता संस्थाले अभियानमुलक कार्यक्रम संञ्चालन गरी सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गरिरहेका छन ।
यसैक्रममा धादिङ जिल्लाको सल्यानटारबाट वैदेशिक रोजगारीका दागि दोहामा पुगेका सल्यान्टारवासीहरुको साझा संस्था सल्यानटार सेवा समाज दोहा कतारले सल्यानटारको खुवा गाउंमा खानेपानी योजना संचालनका लागि सहयोग प्रदान गरेको छ ।
संस्थाका सदस्यहरुबाट स्वेच्छिक रुपमा संकलन गरेको रकमले संस्थाले रोजगारीको लागि दोहा पुग्दा समस्यामा परेका सल्यानटारवासीलाई सहयोग गरी बांकी रहेको रकम गाउंको विकासका लागि उपलव्ध गराएको हो । संस्थाले बैदेशिक रोजगारीका क्रममा कतारमा पुगेर आपत बिपतमा परेकाहलाई सहयोग गर्नुका साथै नेपाल सम्म सुरक्षित फिर्ती गराउन समेत सहयोग गरिरहेको संस्थाका अध्यक्ष गणेश पाठकले वताउनु भयो ।
यसैक्रममा सल्यानटार गा बि.स. वडा न. २ को खुंगागाउका बिपन्न दरै बस्तिमा खाने पानी ब्यबस्थितगर्ने उद्धेश्य स्वरुप संस्थाले गत बर्षको असारमा नेपाली रुपैया ९ हजार ६ सय ८४ सहयोग गरेको थियो । त्यसैगरी सल्यानटारकै वडा न. ५ पीपलगाउ स्थित बिपन्न कुमाल बस्तिमा पनि समस्याका रुपमा रहेको खानेपानी ब्यबस्थित गर्न संस्थाले ५० हजार १ रुपैया सहयोग गरेकोमा सोही योजनाका लागि सदस्यहरुवाट स्वेच्छिक रुपमा संकलित ३१ हजार ५ सय २९ समेत गरी कुल ८१ हजार ५ सय ३० रुपैया चैत २१ ग्ते शनिवार सल्यानटारगा.बि. स.को वडा न.ं ५ पीपलगाउमा एक कार्यक्रमको आयोजना गरी संस्थाका सल्लाहाकारसमुद्र पन्त स्वयम मार्फत खानेपानी योजना समितीका अध्यक्ष फणिकान्त छत्कुलीलाई हस्तान्तरण गर्नुभएको धादिङ सल्यानटार सेवा समाज दोहा कतारले जनाएको छ ।