जहाजको ककपिटभित्रै पाइलट कुटिएपछि……

499 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी : एक जर्मन पाइलटले फ्रान्समा जहाज दुर्घटना गराएर डेढसय यात्रुको ज्यान लिएको घटना सेलाउन नपाउँदै पाइलटबीच जहाजभित्रै कुटाकुट भएको खबर आएको छ ।

भारतको जयपुर एयरपोर्टमा आइतबार साँझ एयर इन्डियाका फ्लाइटमा पाइलट र को-पाइलटबीच कुटाकुट भएको हो ।

ककपिटमा भएको झगडाका क्रममा रिसले आगो भएका को-पाइलटले आफ्ना क्याप्टेनलार्इ कुटपिट गरेका हुन् । यो घटना एयरबस ए-३२० को दिल्ली उडान भर्न लागेको जहाजको ककपिटमा भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार क्याप्टेनले आफ्ना को-पाइलटलार्इ यात्रीको संख्या र उड़ानका क्रममा जहाजमा रहेको इन्धनबारेमा तथ्यांक राख्न अह्राएका थिए ।

क्याप्टेनले अह्राएपछि रिसाएका को-पाइलटले जहाजको ककपिटभित्रै पाइलटमाथि हात हालेका हुन् । एयर इन्डियाका प्रवक्ताले भने कुटपिटको घटनालार्इ गलत भएको दाबी गरे ।

उनले क्याप्टेन र को-पाइलटबीचमा केबल भनाभन भएको दाबी गरेका छन् । भनाभन भएपछि दुबैजनाले आपसमा मिलेर विवाद सुल्झाएको एयर इन्डियाको दाबी छ ।

क्याप्टेनले दिल्लीमा जहाज अवतरणा गराएपछि एयर इन्डियाको मुभमेन्ट कन्ट्रोलमा लग इन्ट्री गर आफ्नो घर  मुम्बईतर्फ उडान भरे । टाइम्स अफ इन्डियाका अनुसार यसअघि पनि ती को-पाइलटमाथि यस्ता आरोप लाग्दै आएका छन् ।एजेन्सी