शिक्षक आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

10138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 tsc-edukhabarधादिङ–शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोलेको छ । एक महिना फर्म भर्ने म्याद कायम गरि विज्ञापन खोलिएको शिक्षा मन्त्रालयका सहसचिव तथा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले एडुखबरलाई जानकारी दिए ।

असारको ११ गते माध्यमिक र १२ गते निम्न माध्यमिकको परीक्षा हुने छ । बैशाख २३ गते सम्म फर्म भर्ने म्याद कायम गरिएको छ । उक्त अवधिमा फर्म भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर थप एक हप्ता सम्म फर्म भर्न सक्ने छन् ।

‘शिक्षक नियुक्ति गर्ने आयोगको काम अन्र्तगत हामीले प्रकृया शुरु गरेका हौं,’ उनले भने, ‘आयोगले आफ्नो काम प्रकृयागत रुपमा सम्पन्न गर्ने छ ।’

शिक्षा विभागले २०६३ बैशाख ११ गते यता माध्यमिक र निम्न माध्यमिक विद्यालयमा रिक्त शिक्षकको बिवरण उपलब्ध गराएसँगै आयोगले विज्ञापन खोलेको हो । उक्त विवरण पाएसंगै आयोगले तत्काल विज्ञापन गर्ने बताएको थियो एक हप्ता पछि शिक्षक सेवा आयोग खुल्ने विभागले केही दिन अघि मात्रै देशभर रिक्त शिक्षक दरबन्दी बिवरण उपलब्ध गराएको थियो । जस अनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त छन् ।

विभागले आयोगलाई बुझाएको बिवरण अनुसार माध्यमिक तर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद रिक्त रहेको उल्लेख छ ।
यस्तै निमावि तर्फ सुदुर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय शिक्षक पद रिक्त छ ।२०६३ बैशाख १० गते पछि रिक्त भएका १३ हजार ५९ पदका निम्ति आयोगले गत बर्षको जेठमा परीक्षा सञ्चालन गरेको थियो । उक्त विज्ञापन नयाँ शिक्षक नियुक्तिका लागि १७ बर्ष पछि गरिएको थियो ।