पाकिस्तानी नौसेनाद्वारा एघार भारतीयको उद्धार

471 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नयाँ दिल्ली, – केही समययतादेखि द्वन्द्वग्रस्त मुलुक यमनबाट पाकिस्तानी नौसेनाले एघार भारतीयको उद्धार गरेको छ । उद्धार गरिएका ती भारतीयलाई पाकिस्तानी हवाई सेनाको विशेष विमानबाट फर्काइएको र उनीहरु बुधबार साँझसम्म भारत पुगीसकेको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

उद्धार गरी फर्काइएका भारतीय नागरिकलाई स्वागत गर्न फूलमाला लिई भारतका लागि पाकिस्तानी उच्च आयोग प्रमुख अब्दुल बसीतसहित केही अन्य भारतीय अधिकारीहरु विमानस्थलमा उपस्थित रहेका प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

यसरी पाकिस्तानी सैनिक दलले भारतीयहरुलाई यमनबाट फर्काउन सहयोग गरी मैत्री सम्बन्ध बढाएकोमा स्थानीय नागरिकहरुले हृदयदेखि नै पाकिस्तानको प्रशंसा गरेका छन् ।