पिडा पुकुनका विरामीलाई प्रयास नेपाल द्वारा राहत वितरण

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pidaधादिङ–गत फागुन २५ गते विषादी प्रयोग गरीएको गहँको रोटी खादा विरामी परेकाहरुलाई विहिबार प्रयास नेपालले राहत वितरण गरेको छ । विरामी परेर शारीरिक र मानशिक रुपमा समेत कमजोर भएकाहरुलाई केही भएपनि मलम पट्टी गराउन राहत उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । एक जना विरामी बराबर २ हजार ८ सयको खाद्य सामाग्री उपलब्ध गराइएको प्रयास नेपाल धादिङद्धारा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमका कार्यक्रम संयोेजक विनोद भट्टले बताउनुभयो । विषाक्त रोटी खाँदा पिडा गाउँ विका समितिको वडा नं ८ पुकुनका सन्चबहादुर स्याङ्तानको परिवारका ६ जनाको मृत्यु भएको थियो भने चार परिवारका १६ जना विरामी परेका थिए । यस अघि प्रयास नेपाल धादिङले रोटी खाँदा मृत्यु भएका एक जना बराबर ७ हजार ५ सयका दरले ४५ हजार रुपैया आपत्कालिन राहत उपलब्ध गराएको थियो । घटनामा मृत्यु भएकाहरुको काजकिरियाका लागि भन्दै जिल्ला पशासन कार्यलय धादिङको अगुवाइमा बुधबार एकजना मृतक बराबर २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको थियो ।