कोरियामा १ हजार ४ सय नेपाली गैरकानुनी

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैं, २७ चैत । दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्।
यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार छन्। यो संख्याका आधारमा हिसाब गर्दा गैरकानुनी कामदारको संख्या एक हजार चार सय ५८ हुन आउँछ।
अवैधरूपमा बस्ने कामदारको संख्या सन् २०१३ को तुलनामा बढेको हो। त्यस देशमा चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वत: गैरकानुनी हुने व्यवस्था छ।
सन् २०१३ मा कोरियामा जम्मा ३.७ प्रतिशतमात्र अवैध नेपाली कामदार थिए। यो विवरणले त्यहाँ नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेको देखाउँछ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।