शिक्षक नियुक्तिका बिषयमा बैरेनीको वागेश्वरीमा नेपाली कांग्रेस र एकिकृत माओवादीको विरोध

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ न्युज समाचारदाता
बैरेनी,२० जेठ ।  बिद्यालय व्यवस्थापन समिति गठनका लागि राजनैतिक सहमती हुन नसकेर मतदान प्रकृयावाट समिति गठन भएको धादिङको बैरेनीमा रहेको वागेश्वरी उच्च माविमा शिक्षक छनौटका बिषयमा राजनैतिक बिबाद शुरु भएको छ ।
बिद्यालयले अंग्रेजी माध्यमबाट प्राथमिक तहको पढाई शुरु गर्ने योजना अघि सारेर निजी श्रोतमा नियुक्ति गर्न लागेको दुई शिक्षकको बिज्ञापन रद्ध गर्नुपर्ने भन्दै प्रधानाध्यपकमार्फत स्कुल ब्यबस्थापन समितिलाई नेपाली काग्रेस तथा एकिकृत ने क पा माओवादीले आईतवार ज्ञापन पत्र पेश गरेका हुन् ।
दुई दलद्धारा संयुक्त रुपमा बुझाईएको संयुक्त ज्ञापनपत्रमा शिक्षक आवश्यकता सम्बन्धि बिज्ञापन रद्द गर्नु पर्ने माग राखिएको छ । आंफुहरुकोमागलाई वेवास्ता गदै स्कुल ब्यबस्थापन समिति अगाडी बढेमा कडा रुपमा प्रस्तुत हुने दुवै पाटीले चेतावनी समेत दिएका छन । बिद्यालयले केही दिन अघि  बिद्यालयले निकालेको शिक्षक आवश्यकता सम्वन्धी विज्ञापनमा बोडिङ्गमा पढेका विद्यार्थी एस एल सी पास भई बोडिङ्गमा जुन बिषयमा पढ्दै गरेको भए पनि हुने तथा सरकारी स्कुलमा पढेको बिधार्थीले मेजर अग्रेजी पढी बाह्र कक्षा पास गरेको हुनपर्ने भन्ने शर्त प्रति बिद्यार्थीहरुले समेत आपत्ति जनाएका छन ।
सरकारी बिद्यालयले आफ्नै बिद्यार्थीलाई अविश्वास गरेको बिद्यार्थीहरुको आरोप छ । यता बिद्यालय व्यवस्थापन समितिका एक सदस्यले राजनैतिक दलहरुले शिक्षक नियुक्तिका बिषयमा नभई समितिमा आफ्नो दलका प्रतिनिधी नभएको कारण बिरोध गरेको प्रतिकृया दिएका छन ।   तीन महिना अघि सम्पन्न भएको बिद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा–माओवादी,राप्रपा,जनमोर्चा लगायतका दलहरुको संयुक्त गठवन्धनको उम्मेदवारलाई पराजित गर्दै एमाले समर्थित अध्यक्ष पदका उम्मेदवार बलराम रिमालको समुहनै समितिमा निर्वाचित भएको थियो ।