मलेसियामा नेपालीलाई लुट्ने विदेशी, ठग्ने नेपाली

362 पटक पढिएको

प्रकाशित मिति: २९ चैत्र २०७१, आईतवार ०८:३४

सम्पादक: Dhading News

 malesiyaमलेसिया, अहिले सवैभन्दा धेरै नेपाली झोला बोकेर परिवारको खुसीको एकमुठ्ठी सपना सजाएर आउने देश । हुन त सरकारले यो मुलुकमा पाखुरा बजार्न आउन बढीमा ८० हजार तिरे पुग्छ भनेको छ ।

तर खै कुन भुत सवार भएर हो धेरैजसो नेपाली १ लाख २५ हजार देखि १ लाख ६० हजार दलाललाई बुझाएर यो मुलुक उत्रिरहेछन् । तर तिनलाई नेपालमा हुँदा देखाइएको हावादारी सपना यो मुलुकमा उत्रेपछि भंग हुने मात्र होइन धेरैथरी समस्याले यहाँ पर्खिरहेको हुन्छ उनीहरुलाई ।

मलेसियामा कुनै दिन काम नभएका बेला बाहिर घुम्न या केहि सामान खरिद गर्न हिंड्नु र सकुशल फर्केर होष्टल आइपुग्नु भनेको लरतरो कुरा होइन । कतिबेला कहाँ कुन लुटेरा बाटो ढुकेर बसिरहेको हुन्छ पत्तो हुन्न । एकातिर विदेशीले लुट्ने त छँदैछ, ठग्न बसेका छट्टु नेपाली समेत भेटिन्छन् पाइला पाइलामा ।

मलेसियमा बसपार्कमा बस कुरिरहेकै बेलामा लुटिइन्छन् नेपालीहरु । बाटोमा हिंड्दा हिंड्दै पनि यहाँ बिच बाटोमा सबैका अगाडी लुटिइन्छ । देख्ने अरुले त्यसको प्रतिरोध गर्ने हिम्मत राख्दैनन् । वा चासो पनि दिंदैनन् । किनकि यो ठाउँमा अर्काका लागि कोहि पनि आफ्नो ज्यान दाउमा राख्न चाहँदैन । अर्थात मलेसियामा मुर्दा ज्यूँदाहरु ठमठमि हिंडिरहेका छन् । मैले देखेको, भोगेको मलाया यस्तै छ । आजको खुराक यहि छ ।

एक दिनको कुरा हो, म चिया पिउँदै पीजे (यहाँको राजधानी क्वाला लम्पुरको नजिकै रहेको पेतालीङ जायाको छोटकरी रुप) को मामा केडाइ (भारतीय मुलका मुस्लिमले खोलेको एक रेष्टुरेण्ट) मा बसिरहेको थिएँ । एक जना नेपाली साथी जोहोरबारुबाट मलाई नै भेट्न भनेर आउँदै थिए । उनलाई मैले बिटीएस स्टेशन(क्वालालम्पुरबाट जोहोरबारु लगायतका टाढाका दुरीमा जानका लागि बस चढ्ने बस पार्क बन्दार तासिक सेलातानको छोटकरी रुप) मा झरेर केटिएम(कोम्युटर) ट्रेनमा आउन भनेको थिएँ । तर उनी ट्याक्सीमा आए ।

ट्याक्सी चढेको उनले मूल्य राम्रै चुकाउनु परेछ । उनलाई पीजेमा ल्याइदिई सकेपछि उनीसँग भएको स्यामसुङ ग्यालेक्सी एस ३ मोबाइल फोन, २ सय मलेशियन रिङ्गेट र उनको एटिएम कार्ड सबै त्यहि ट्याक्सी चालकले लुटिदिएछ ।

उनले फोन गर्न एउटा सामान्य प्रकारको दोस्रो मोबाइल पनि बोक्दा रहेछन् र धन्न त्यहि मोवाइलको मद्धतले हाम्रो भेट भयो । नत्र त्यहि लुटिएको मोवाइलमा भएको मेरो नम्वर उनलाई सम्झनामा थिएन, उनको नम्वर सहितको मोवाइल ट्याक्सीवालाले उडाइसकेको थियो ।

अर्को घटना यो भन्दा अप्ठ्यारो छ । म सँगै काम गर्ने नवलपरासीका कृष्ण बाँस्तोला मलेशिया बसाइमा म भन्दा ६ वर्ष जेठा हुन । यो भन्दा अगाडी पनि उनले मलेशियामा दुई पटक फरक फरक ठाउँ र फरक फरक कम्पनीमा काम गरिसकेका छन् । हाल मसँगै काम गरेको दुई बर्ष भयो ।

हाम्रो कम्पनीले सकेसम्म विदा दिन्न । त्यसैले हप्ताभरी नै हामी काममा जोतिनु पर्छ । यदि विदा भइहालेमा हामी साथी साथी मध्ये जो सुकै पनि कतै बाहिर गयौ भने भोलीपल्टको भेटमा कुनै न कुनै यस्तै कुनै समस्याका कुरा सुनाउनु परिहाल्छ । त्यस्तै भयो एक आइतबार ।

त्यो दिन मेरो बिदा थिएन । कृष्णको चाहिं बिदा थियो र उनी साथी भेट्न भनेर एकाविहानै लागे केलाङको बातु लिमा तिर । उतै साथीकोेमा खानपान भएछ र साँझ ५ बजे तिर क्लाङसम्म ट्याक्सीमा र क्लाङदेखी चाहि केटीएम ट्रेनमा आएछन् उनी ।

ट्याक्सी र ट्रेन यात्रा उनका लागि सुरक्षित नै रहयो । कहिं कसैबाट केहि भएन । मलेशियामा बस र ट्याक्सी भन्दा ट्रेनको यात्रा सुरक्षित मानिन्छ । हामी बसेको ठाउँ केटीएम ट्रेनबाट पेतालीङ स्टेसनमा झरेर पनि १० मिनेट पैदल हिंडे पछि मात्र पुगिन्छ । त्यहि पैदल हिंडेर होष्टल आइरहेकै बेला बीच बाटोमा कृष्णलाई दुईजना लुटेराले फेला पारेछन् ।

बाटोमा दोहोरीलत्त गाडी र अन्य मोटरसाइकल कुदिरहेकै थिए । त्यहि बीच सडकमा दुईटा मोटरसाइकल चढेर आएका लुटेराले उनलाई छेकेर पर्स र मोबाइल धुतिदिए । त्यहि व्यस्त सडकमा पनि उनलाई सहयोग गर्ने कोहि भएनन् । कृष्णसँग ज्यान बचाएर होष्टल फर्कनु बाहेक विकल्प थिएन । उनी नुन खाएको कुखुरा झैं झोक्राउँदै लुखुर लुखुर होष्टल आइपुगे ।

यी त केवल प्रतिनिधि घटना मात्र हुन । मलेशिया साँच्चै असुरिक्षत छ । मलेशियामा रहेका बिभिन्न कम्पनीमा काम गर्ने नेपालीलाई हरेक कम्पनीले कम्पनी आउन जान बसको ब्यवस्था गरिदिएको छैन । त्यसैले यहाँ काम गर्नका लागि कम्पनी आउँदा र काम सकेर होष्टल फर्कदा लुटिएका घटना पनि प्रशस्तै भेटिन्छन् ।

तर समस्या लुटपाटको मात्र होइन, नेपाली ठग्ने नेपालीको कुनै कमि छैन यो मलायामा । अव त्यसरी नै ठग्नेका कुरा गरौं ।

म मलेशिया आएको दुई हप्ता भएको थियो । पुराना साथीहरुले कोताराया घुम्न जाने प्रस्ताव गरे । आफू त नयाँ मान्छे पुरानाले जता जाउँ भने उतैै गइन्थ्यो । त्यसमा पनि कोतरायामा नेपाली बजार नै छ भनेपछि नजाने कुरै भएन । मख्ख पर्दै हामी ट्रेन चढेर पेतालिङबाट क्वालालम्पुरसम्म गयौ । अनी केहि बेरको पैदल यात्रा पछि कोताराया पुगियो ।

त्यहाँ पुग्ने बित्तिकै बिभिन्न नेपाली गीत संगीतहरु बजेको सुनियो । त्यहाँ पुग्दा नेपालको कुनै बजारमा गए जस्तो अनुभव भयो । एक छिन पछि साथीहरुले खाना खान नेपाली होटल लगे ।

खाना पनि खाइयो । सँधै मलायु र भारतीय खाना खाएर वाक्क भएको जिव्रोले नेपाली स्वाद भेट्यो । त्यसैले खाना मिठो हुने नै भयो । तर खाना जति मिठो थियो त्यो भन्दा नमिठो ठगिले पर्खेर बसेको रहेछ ।

हामी सधैं आरएम ४ मा झण्डै त्यति नै खाना खाने गथ्र्यौ । तर नेपाली रेष्टुरेण्टले भनें आरएम ९ ठटायो । अर्थात सिधा आरएम ५ नेपाली भएका कारण बढी तिर्नुपर्यो । मलाई नेपालीले नै ठगे भन्ने लागिरह्यो । होष्टल फर्कदा साथीहरुलाई सोधें नेपाली होटलमा चाहिं किन यति धेरै महँगो ? उनीहरुले पनि खासै चित्त बुझ्दो जवाफ त दिएनन् । यस्तै हो नेपाली होटलमा भने ।

केहि महिना पछि मेरो एक जना साथीले उनका दाजुको भिषा नविकरण गरिदिन भन्दै धेरै सहयोगीहरु खोज्दै हिंडेछन् । बल्ल तल्ल एकजना एनआरएनका त्यस बेलाका चल्तापूर्जा नेतालाई भेटेछन् ।

कुरो तीन बर्ष अघिको हो । ति चल्तापूर्जा नेपालीको नाम यता लिइरहन पर्दैन । अहिले पनि उनी एनआएनको महत्वपूर्ण पदमा विराजमान नै छन् । र, उनलाई धेरैजसो नेपालीले यो प्रसंग पढेपछि चिनिहाल्छन् ।

मेरो साथीले उहि चल्तापूर्जा एनआरएनकर्मीलाई भेटेछ र म्यानुफ्याक्चरिङ क्षेत्रको भिषा नविकरण गराइदिन आरएम दुई हजार सहित पासपोर्ट जिम्मा दिएछन् । साथीका अनुसार उनले दुई हप्ता भित्रमा काम गरिदिने बचन दिएका रहेछन् । तर त्यस्ता दुई हप्ता त कति आए र गए । काम बनेन । ती व्यक्तिले जिरो माइल एसडिएन बिएचडिको डाइरेक्टरको कार्ड दिएका रहेछन् मेरो साथीलाई ।

एक महिना पछि त्यो कार्डको मोबाइल नम्वरमा पनि सम्पर्क हुन छोड्यो । अनी केहि उपाय नलागेर जीरो माइलको अफिसमै साथीहरु गएछन् हुल बाँधेर । ति समाजसेवीलाई त त्यहाँ भेटेनछन् साथीहरुले, उनका अन्य साथीहरुलाइ भेटेछन् । उनीहरुले ति समाजसेवी अघिल्लो दिन नै एक महिनाका लागि भनेर नेपाल उडेको बताएछन् । उनी ति मेरा मित्रको दुईहजार आरएम बोकेर उडे, यता मेरा मित्रको विजोग ।

अहिले धेरै नेपाली युवाले पैसा कमाउने उचित ठाउँ देखेको मलेसियामा हुने लुटपाट र ठगिको यो केवल छोटो उदाहरण मात्र हो । यहाँ यस्ता समस्या दिनहुँ भइरहन्छन् । तर हामी त्यसको समाधान गर्न सक्दैनौं केवल टुलुटुलु हेरेर बस्ने बाहेक । त्यसैले यो मलायाको भुक्तभोगिको अनुभव कि मलाया टेक्दै नटेक्नु, टेक्ने नै हो भनें यस्ता कुरा बुझेर मात्र छिर्नु । नत्र दुःख पाइन्छ । स्रोतः देशपरदेश डटकमबाट



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२९ चैत्र २०७१, आईतवार ०८:३४ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories