राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सत्यवतीको पोल्टामा, हाईवेका विद्यालयकै बर्चस्व

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङबेसी खुल्ला मञ्चमा सम्पन्न भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सत्यवती उच्च माध्यमिक विद्यालय सत्यवतीले उचालेको छ । चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सत्यवतीले फुलखर्क उमाविलाई ९ अंकले पछि पार्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल भएको हो । स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित शुक्रबारदेखी धादिङबेसीमा सुरु भएको प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालयले कुल १ सय ५८ अंक ल्याएर प्रथम हुन सफल भएको हो । प्रथम हुन सफल सत्यवतीले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाण पत्र पाएको छ । यसैगरी प्रतियोगितामा १ सय ४९ अंक सहित दोस्रो बन्न सफल मण्डली उच्च माध्यमिक विद्यालयले पनि नगद १२ हजार शिल्ड र मेडल जितेको छ । त्यसैगरी ९९ सय अंक सहित आदर्श उच्च माध्यमिक विद्यालय गजुरी तृतीय भएको छ । आदर्श उच्च माध्यमिक विद्यालयले पनि नगद ९ हजार शिल्ड मेडल र प्रमाणपत्र जितेको छ