पूर्वप्रधानमन्त्री स्व थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

149 पटक पढिएको

प्रकाशित मिति: ४ बैशाख २०७२, शुक्रबार २१:३१

सम्पादक: Dhading News

 

 

काठमाडौँ, ४ वैशाख । पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Rss_Images_1429277829386_RS-KTM-Surya Bahadur Thapa-1थापाको पार्थिव शरीरमा उहाँका सुपुत्र एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिनुभएको थियो ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

स्व थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो ।

पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएका स्व थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो ।

थापाको गत बुधबार राति उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

४ बैशाख २०७२, शुक्रबार २१:३१ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories