किन लाश जलाएपछि मसान घाटतिर भुलेर पनि हेर्न हुदैँन, पढ्नुहोस्

755 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lassमृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये अन्तिम संस्कार हो ।



हिन्दु धर्म शास्त्रहरुमा दाह संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ । अन्तिम संस्कारको समयमा दागबत्ति दिँद मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने विश्वास गरिन्छ ।

गरुण पुराणमा मृत्यु पछि पनि आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।

शव जलाएपछि फर्केर हेर्नु हुँदैन

शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थाततर्फ हेर्‍यो भने जसले हेर्छ उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।

त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ ।

शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम भनेर शास्त्रमा उल्लेख छ ।