एक वर्षमा पाँच लाख ८१ हजार युवा वैदेशिक रोजगारीमा 

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


Nepalese-Labour-abroad-700-180315काठमाडौँ – 
नेपाली युवा रोजगारी खोज्दै विदेशिने क्रम बढेको छ । यस्तै विसं २०७१ साल वैशाखदेखि चैत्र मसान्तसम्म नेपालबाट पाँच लाख ८१ हजार आठ सय ७५ नेपाली युवा रोजगारीका लागि विदेशिएका छन् । विभागको तथ्याङ्क अनुसार यो वर्ष प्रत्येक महिना ४८ हजार चार सय ८९ जना युवा विदेशिएका छन् । यही तथ्याङ्कलाई आधार मान्दा दैनिक एक हजार ६ सय १६ युवा रोजगारीको खोसज गर्दै विदेशिने गरेका छन् ।

२०७१ सालमा असार महिनामा सवैभन्दा बढी ६१ हजार ७ सय १७ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, जेठमा ५४ हजार ९ सय कामदार विदेशिए । गत वर्ष सबैभन्दा थोरै असोज महिनामा ३५ जहार पाँच सय ५० जना विदेशिएका छन् ।

रोजगारीका लागि सवैभन्दा बढी मलेसियामा १ लाख ७१ हजार नेपाली पुगेका छन् । यस्तै यो वर्ष मलेसियापछि साउदी अरबीयामा ९५ हजार नेपाली कामदार पुगेको वैदेशिक रोजगार विभागको तथ्याङकमा उल्लेख छ । विभागका अनुसार यो वर्ष रोजगारीका लागि कतारमा ७८ हजार नेपाली कामदार पुगेका छन् । कतारले पछिल्लो समय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएसँगै नेपाली कामदार उक्त देशमा जाने क्रम बढेको हो । पछिल्लो सयम विशेषगरी साउदी अरबीया र कतारका अदक्ष कामदार रोजगारीमा जाँदै आएका छन् । विभागको तथ्याङ्क अनुसार नेपालबाट विदेशिने कामदारमध्ये ७३ प्रतिशतभन्दा बढी अदक्ष रहेका छन् । एक प्रतिशत मात्र दक्ष हुने र बाँकी अर्धदक्ष रहेको विभागले जनाएको छ । यस्तै, संयुक्त अरव इमिरेट्स (युएईं) मा ४१ हजार कामदार रोजगारीमा लागि पुगेका छन् । हाल युएईमा सेल्स म्यान, ड्राइभर, स्टोर किप्पर र हस्पिटालिटी क्षेत्रका काममा नेपाली कामदार गइरहेका छन् ।

गत वर्ष वैशाखमा ५४ हजार एक सय ७३, जेठमा ५४ हजार नौ सय २६, असार६१ हजार सात सय ७०, साउन ४२ हजार तीन सय नौ, भदौ ५१ हजार पाँच सय ५१, असोज ३५ हजार पाँच सय ५०, कात्तिकमा ४२ हजार दुई सय १३, मंसिरमा ५३ हजार तीन सय ५४,पुष ४५ हजार तीन सय ६२, माघमा ४८ हजार नौ सय ४१, फागुन ४८ हजार चार सय ६० र चैत्रमा ४७ हजार तीन सय १९ जना युवा विदेशिएका छन् ।नेप्लिज डट ओरजीबाट