साउदी अरबमा भारतीयको टाउको काटियो

500 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

indian_deth_penalty_UAE_123191352फोटो :एजेन्सी
एजेन्सी : हत्याको अभियोग लागेका एक भारतीलार्इ साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइएको छ ।

साउदी अरबको गृह मन्त्रालयका अनुसार हत्या अभियोग लागेका एक भारतीय नागरिकसहित दुर्इजनाको शिर काटेर मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।

सरकारी साउदी प्रेस एजेन्सीबाट सार्वजनिक गृहमन्त्रालयको एक वक्तब्यमा भारतीय नागरिक सजदा अन्सारीले सुतिरहेका आफ्ना साउदी मालिकबाट सम्पत्ति लुट्ने लुट्ने क्रममा हथौडाले हानेर हत्या गरेको अभियोग लागेको थियो ।

साउदीकै अर्का व्यक्ति  मातेर अल-रोभइलीलार्इ पनि उनकी पत्नी र दुर्इ छोराछोरीको हत्या गरेको अभियोगमा साउदी सरकारले बिहीबारै शिर काटेर मृत्युदण्ड दिएको छ ।