धादिङबेसीको सडक खण्ड मर्मत गरिंदै

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02576 (1) धादिङ बैशाख ११ गते÷सदरमुकाम भित्रको मुख्य सडक खण्ड ठाउं ठाउंमा जिर्ण वनेर सवारी साधन गुड्न समस्या हुन थालेपछि जिर्ण सडकको मर्मत शुरु गरिएको छ ।
सदरमुकाम धादिङबेसीको पुछारबजार देखि सिरान बजार सम्मको सडक खण्डको जिर्ण स्थानहरुमा ठाउं ठाउंमा खाल्डा खुल्डी भएर सडक जिर्ण वन्दै गएपछि विग्रिएको स्थानको सडकको र्ममत कार्य शुरु गरिएको हो । धादिङबेसी मलेखु सडक खण्ड अन्र्तगत मलेखु देखि बुङचुङ सम्म गत बर्ष रिसिलिङ गरिएको भएपनि बुङचुङ देखि सदरमुकाम सम्मको सडक भने जिर्ण वन्न पुगेको थियो । गत वर्ष रिसिलिङ गर्न बांकी रहेको बुङचुङ देखि सदरमुकाम सम्मको सडकको मर्मत सम्भारका लागि रिसिलिङ गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
एकै चोटी सडकको मर्मत कार्य गर्दा पछि ठुलो खर्च आउने भएकाले बेला बेलामा बाटोको रिसिलिङ गरिएको डिभिजन सडक कार्यलय भरतपुका इन्जिनियर मधुसुदन साँखीले बताउनु भयो । बाटोको रिसिलिङ कार्य भर्खरै गरिएकोले त्यही सडकमा सवारी चलाउदा दुर्घटना हुन सक्ने भएकाले त्यस सडक खण्डमा अत्याधिक गतिमा सवारी नचलाउन पनि सडक विभागले आग्रह गरेको छ ।