विदेशमा लुक्ने १४ सय कर्मचारीलाई कारबाही

460 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Lalbabu_Pandit_68125
काठमाडौँ: पढ्ने वहानामा विदेश गएर काम गर्ने एक हजार ४ सय कर्मचारीलाई कारबाही गरिएको छ ।
‘भ्रष्टाचार’ विषयक एक अन्र्तक्रिया कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पढ्ने वहानामा विदेशिएर काम गर्ने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् ।
उनले निजी स्वार्थका लागि देशलाई ठग्ने प्रवृत्ति भएकाले यसलाई निरुत्साह गरी देशको आवश्यकता अनुसारको प्रशासनमा सुधार ल्याउन लागेको स्पष्ट पारे ।
मन्त्री पण्डितले भ्रष्टाचार गरिब जनताबाट नभएर पढेलेखेका र आफूलाई जान्नेमान्ने भन्नेहरुले गरेको बताए ।
उनले भने , “मुगुको कुनै गाउँको जनता र खाडी मुलुकमा पुगेका युवाको कारणले नेपाल नबनेको होइन्, आफूलाई जान्नेमान्ने ठान्नेहरुका कारण नेपाल पछि परेको हो ।” मन्त्री पण्डितले प्रशासनभित्र परिवर्तनको कुरा उठाएपछि भ्रष्टाचार गर्न पल्केकाहरु आफ्नो विपक्षमा लागेको बताए ।
सभासद् गीता राणाले विकास समानुपातिक तवरले अगाडि बढे भ्रष्टाचार नियन्त्रण हुने भन्दै कर्मचारीको तलब, सेवा, सुविधाको विस्तार गरेमा भ्रष्टाचार कम गर्न सकिने धारणा राखे ।
मानवअधिकारकर्मी चरण प्रसार्इंले राजनीति र प्रशासनिक दुवै क्षेत्रमा भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार गर्नेलाई कडा कानुनी दायरा ल्याउनु पर्ने विचार राखे ।

– अन्नपूर्ण पोष्टबाट