सूर्य नेपाल उपाधि शिवरामलाई

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Gulf-cort-nepalकाठमाडौं,-गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल एनपिजिए गल्फ टुर च्याम्पियनसिप २०१५ को उपाधि नेपाल नम्बर एक प्रोफेसनल खेलाडी शिवरामले हात पारे । गोकर्णमा भएको पार ७२ को खेलमा शिवरामले भुवन नगरकोटीमाथि पाँच स्ट्रोकको विजय हासिल गरे ।

रोयल नेपाल गल्फ क्लबका शिवरामले बिहीबार भएको अन्तिम चरणको खेलमा एक अन्डर ७१ स्कोर गरे । नेपाल नम्बर एक खेलाडी शिवरामले कुल आठ अन्डर २८८ स्कोर कार्ड जोडे । जितसँगै शिवरामले ट्रफी, प्रमाणपत्र र ९५ हजार नगद पुरस्कार हात पारे । घरेलु मैदान गोकर्ण गल्फ क्लबमा खेलेका भुवन नगरकोटीले बिहीबारको खेलमा चर ओभर ७६ स्कोर गरे । सूर्य नेपाल गल्फको अन्तिम तथा फाइनल खेलमा भुवनले कुल तीन अन्डर २८५ स्कोर कार्ड बनाए । उपाधिसँगै नगरकोटीले कुल ६० हजार नगद पुरस्कार हात पारे ।
आर्मी क्लबका सन्जय लामाले दुई अन्डर ७० स्कोर गर्दै तेस्रो स्थानमा चित्त बुझाए । उनले कुल दुई अन्डर २८६ स्कोर गरे । यसअघि शिवराम र भुवनले फाइनल चरणमा प्रवेश गर्नुअघि सात अन्डरका साथ बराबरी गरेका थिए । तेस्रोमा विष्णुले एक स्ट्रोकले पछि परे । तर, अन्तिम दिनको खेलमा शिवरामले फ्रन्ट नाइनमा दुई ओभर ३८ र ब्याक नाइनमा एक अन्डर ३७ स्कोर गरे भने भुवनले फ्रन्ट नाइनमा एक ओभर ३७ र ब्याक नाइनमा तीन ओभर ३३ स्कोर कार्ड गरेका थिए । शिवरामले फ्रन्ट नाइनको छैठाँै र नवौँ होलमा बोगी गरे । उनले १०औँ, १२औँ, १५औँ र १८औँ होलमा बर्डिज प्रहार गरे भने १७ होलमा बोगी प्रहार गरेका थिए भुवनले पहिलो र सातौँ होलमा बर्डिज प्रहार गरे । ब्याक नाइनको १३औँ होलमा बर्डिज गरेका भुवनले १०औँ र १६औँ होलमा बोगी र १४ होलमा डबल बोगी गरे । त्यस्तै सञ्जयले फ्रन्ट नाइन र ब्याक नाइन एक अन्डर ३५ स्कोर गर्दै तेस्रो स्थानमा उक्लिए ।
तेस्रो र चौथोमा बर्डिज प्रहार गरेका लामाले छैठौँ होलमा बोगी गरे । उनले ब्याक नाइनको ११औँ र १२औँ होलमा बर्डिज गर्दै १६औँ होलमा बोगी गरे । त्यस्तै रोयल नेपाल गल्फ क्लबका सूर्यप्रसाद शर्मा (७४) र धरानका बलभद्र राई (७४) स्कोर गर्दै कुल एक अन्डर २८७ स्कोर गर्दै संयुक्त रूपमा चौथो स्थानमा रहे । प्रतियोगितामा तेस्रो भएका लामाले ४४ हजार र बलभद्र तथा सूर्यले समान ३४ हजार नगद पुरस्कार हात पारे । गोकर्णमा भएको पार ७२ को खेलमा विष्णु शर्माले (७८) र रमेश अधिकारीले (७२) स्कोर गर्दै संयुक्त रूपमा छैठाँै स्थानमा रहे । फाइनल चरणको अन्तिम खेलमा शर्मा र अधिकारीले कुल इभन पार २८८ स्कोर गरे । दुवैले समान २७ हजार दुई सय ५० नगद पुरस्कार हात पारे ।
दिनेश प्रजापतीले बिहीबारको खेलमा (७२) स्कोर कार्ड जोड्दै कुल २९० स्कोरका साथ आठौँ स्थानमा रहे । दिनेशले २३ हजार नगद पुरस्कार हात पारे । आर्मीका धनबहादुर थापाले (७०) स्कोर गर्दै कुल २९२ स्कोरका साथ नवौँ स्थानमा रहे । नवाँै स्थानमा रहेका थापाले २० हजार पाँच सय नगद पुरस्कार जिते । कुल २९३ स्कोरका साथ दीपक मगर र रामे मगर १०औँ स्थानमा रहे । दुवैले समान १७ हजार दुई सय ५० नगद पुरस्कार हात पारे । एमेच्योरतर्पको उपाधि बिकास बोगटीले हात पारे । उनले इभन पार ७२ गर्दै कुल आठ ओभर २९६ स्कोर गरे । दोस्रो भएका टंकबहादुर कार्कीले पाँच ओभर ७७ गर्दै ३०५ स्कोर गरे । प्रतियोगितामा विजेता खेलाडीलाई सूर्य नेपाल प्रालीका मार्केटिङ म्यानेजर बाल गुरुङ, नेपाल प्रोफेसनल गल्फ एसोसियसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र संघका सल्लाहकार घनश्याम थापालगायत पुरस्कृत गरे ।