धादिङको सलाङमा होमस्टे विस्तार गरिने

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 homestyधादिङ– धादिङको सलाङ गाउँ विकास समितिमा होमस्टे सन्चालन गर्ने उद्देश्यले संभाव्यता अध्ययन सुरु गरिएको छ । सलाङ गाउँ विकास समितिलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्य सहित होमस्टे सन्चालन गरिन लागिएको हो । आन्तरिक तथा बाह्रय पर्यटकको मुख्य गन्त्यव्य सलाङ बनाउने उद्देश्यले मगर समुदायमा होमस्टे सन्चालन गर्न लागिएको हो ।सलाङ गाउँ विकास समिति वडा नम्बर १ आमकोटमा रहेको मगर वस्तीमा होमस्टे विस्तार गरिने भएको छ । मगर वस्तीमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धनको सम्भावना खोज्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोपको एक टोली सलाङ गाउँ पुगेको छ । ५४ घर मगर समूदायको बस्ती रहेको उक्त गाउँमा मगर समूदायको संस्कार र संस्कृतिबारे अध्ययन गरी होमस्टे निर्माणको सम्भाव्यता अध्ययन गरिने बताइएको छ । भिटोप नेपालका अध्यक्ष टिका गुरुङ, गणेशहिमाल पर्यटन विकास समितिका अध्यक्ष कमलबहादुर गुरुङ, भिटोपका पूर्व महासचिव कमल सापकोटा लगायतको टोली सलाङमा पुगेको छ ।