त्रिशुलीमा बेपत्ता भएका सन्तोष अझै फेला परेनन्

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 trisuliधादिङ–विहिबार साँझ पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका सन्तोष श्रेष्ठको खोजि कार्य जारी भएपनि यो समाचार तयार पार्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । रबर ट्युब लिएर पौडी खेल्न त्रिशुली नदिमा गएका कल्लेरी गाउँ विकास समिति वडा नम्बर ३ का १६ बर्षिय सन्तोष श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठ विहिबार पौडी खेल्न त्रिशुली नदीमा गएका थिए । प्रहरी र स्थानीय मिलेरे श्रेष्ठको खोजि कार्य तिव्र पारेका छन् ।