सामुहिक रुपमा सबै एकजुट बनेर उद्धार र राहतका लागि जुटौं !

450 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विनाशकारी भूकम्पका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछौं | यो महा विपत्तीको प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं | दिवंगत सबैका परिवारजनप्रति हार्दिक समवेदना एवं सहानुभूति व्यक्त गर्दै सम्बन्धित सबैमा शोकको यो घडी धैर्यधारण गर्न सक्ने सामर्थ्य प्राप्त होओस् भन्ने कामना गर्दछौं | यस विनाशकारी प्राकृतिक विपत्तिमा परी घाइते हुनु भएका सबैको यथोचित शीघ्र उपचारको प्रवन्ध गर्न सरकार,गैर सरकारी संघ,संस्था र अन्य सरोकारवाला पक्षसंग आग्रह गर्दछौं |महाभुकम्प संगै जिल्लाभरको बिद्युत्त सेवा अबरुद्ध हुंदा हामीले समयमै सूचनाहरु प्रवाह गर्न नसकेकोमा क्षमाप्रार्थी छौं । एक साता पछि नियमित हुन सकेपनि यस घडीमा यहांहरुले हामीलाई दिनुभएको साथ र सहयोगको कदर गर्दै यहांहरुवाट प्राप्त सत्य, तथ्य सूचना र जानकारीहरु निरन्तर रुपमा प्रवाह गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । राष्ट्रिय शोकको घडीमा हाम्रो मानवीय धर्म र दायित्व निर्वाह गर्न सबै संघ,संस्था,समुदायले मिलेर एकतावद्ध भै ठोस पहल गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ | अलग-अलग होइन सामुहिक रुपमा सबै एकजुट बनेर उद्धार र राहतका लागि जुटौं | यो प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत,उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गरिदिन आग्रह गर्दछौं |
केशव अधिकारी
प्रवन्ध निर्देशक
धादिङ न्यूज डट कम परिवार