त्रिशूलीले वगाउंदा कल्लेरी मस्टारमा एकै घरका दिदि भाई बेपत्ता

614 पटक पढिएको

सम्पादक: Dhadingnews.com

33474_1644862358878_1156462585_3458378_5727572_s
धादिङ,२० जेठ. त्रिशूली नदीमा पौडीखेल्न पसेका एकै घरका दिदि भाई नदीमा डुवेर वेपत्ता भएका छन ।
धादिङको कल्लेरी गाविस वडा नम्बर ३ मस्टारका केदार खतिवडा र गोमा खतिवडाका १० बर्षिया छोरी ज्वाला र ८ बर्षिय छोरा शंकर आज ( सोमवार ) दिउंसो ३ वजेतिर त्रिशूली नदीमा डुवेर हराएका हुन ।
गोठालो गएका दुवैजना गर्मिछल्न नदीमा पसेको वेला उनिहरुलाई नदीले वगाएर वेपत्ता पारेको स्थानीयवासीले वताएका छन । वेपत्ता भएका मध्ये ज्वाला वागेश्वरी उच्च मावि बैरेनीमा कक्षा ५ मा र शंकर मस्टारमै रहेको कालीदेवी प्राथमिक बिद्यालयको कक्षा ३ मा अध्ययनरत थिए । नदीमा दुई जना हराएको खवर पाए लगत्तै घटनास्थल पुगेका स्थानीयवासी ,आफन्तजन तथा वैरेनी प्रहरी चौकीको प्रहरी टोलीले खोजीकार्य जारी राखेको भएपनि नदीमा हराईरहेकाहरुको अवस्था खुल्न सकेको छैन ।
एकै घरका दुई जना नदीमा डुवेर हराएको खवरले कल्लेरी गाविसको वडा नम्बर मस्टार र आसपासका वासिन्दा शोकाकुल हुन पुगेको स्थानीयवासी शिक्षक देवीवहादुर मल्लले वताउनुभयो । शंकरको बिद्यालय विहान खुल्ने भएका कारण उनि दिउंसो घरमै रहने गरेका थिए भने ज्वाला भने सोमवार बिद्यालय नगई घरमै बसेकी थिइन । घरमै भएका कारण उनिहरुलाई घरनजिकै गोठालो पठार्ईएको थियो । घटना सुनेलगत्तै नदीमा हराएका छोराछोरी सम्झिएर खतिवडा दम्पती मुच्र्छित भएको स्थानीयवासीले वताएका छन । नदीमा हराईरहेका दुवैजनालाई जिवितै भेट्ने सम्भावना ज्यादै कम रहेको प्रहरीले जनाएको छ ।