धुवाकोट गाविसका भुकम्प पिडितलाई रेखा शाहद्वारा ६ लाख बराबरको खाद्यान्न सहयोग

921 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Rekha_Shah_20150505111903धादिङ  – आफ्नै नामबाट स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेशन’ मार्फत गायिका रेखा शाहले भूकम्पबाट पीडितका लागि ६ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकी छन् । भूकम्पबाट अतिप्रभावित जिल्लामध्ये धादिङ जिल्लाको धुवाकोट गाविसको रातमाटे गाउँ वरपरका १५० पीडित परिवारलाई उनले सहयोग गरेकी हुन ।

‘मेरो सानो सहयोगले पीडितलाई केही सहानुभूति मिल्छ’, साहले भनिन् ।

उनले १५० बोरा चामल, १५० लिटर खाने तेल, ६० केजी नुन, १० बोरा सोयाबिन, १ हजार थान बिस्कुट, २० कार्टुन चाउचाउलगायतका २ ट्रक सामग्री पीडितलाई उपलब्ध गराएकी हुन् ।

उनको यो राहत अभियानमा एसियन विस्कुट एण्ड कन्फेक्सनरीका सेल्स डिपार्टका कर्मचारीका तर्फबाट विस्कुट  र अमेरिकामा रहेकी नायिका पूजा आर चन्द र राजु लामाका तर्फबाट २२ हजार ५ सय नगद सहयोग प्राप्त भएको थियो ।