कारुणिक फिल्मकथाजस्तो महाभुकँम्प २०७२

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

unnamedहेर्दै गरेको टेलिभिजन अफ भयो, थर्कयमान जमिनको हलचलले खादैगरेको खाना छोडि बाहिर हिड्न विवश बनायो, चारैतिरबाट फैलिराखेको कोलाहल र चिच्चाहट को आर्तनाध ध्वनि कानसम्म ठोक्किरहेको थियो , बाहिरतिर भाग्दै गर्दा खुट्टाहरुले आप्नो कार्य राम्रोसँग गर्न नपाइरहेको त्यो अबस्थामा मलाइ भुकम्प गएको बुझन कुनै ग्राहो भएन्  । 


हामि रुम मा भएका साथिहरु मध्यपान गरि धङँधङगाउदै हिडेको मान्छे सरि धङँधङगाउदै बाहिरतिर भाग्यौ, हामिलेत मध्यपान गरेका थिएनौ सायद यो चलायमान धर्ति ले गरेको थियो क्यारे त्यसैले त उ हल्लिराखेको थियो जड्याहा मान्छे जसरि नै । उसको पियाई सामान्य छदैथिएन, उ उचालिन्थ्यो पछारिन्थ्यो अनि हामिलाइ पनि पछारथ्यो, छोराछोरिको काणुरिक पुकार उसले सुनेन, बाबा यस्तो नर्गनुस न, उसले टेर्दै टेरेन् आप्ना सन्तान प्रति उसलाइ माया जागेन किन जाग्थ्यो रक्सिले उ टन्न मातेको थियो । उसले बाकि राखेन आफु वरपरका घर, भवन, रुख अनि सडकहरु पनि । उसले यसरि नपिएको धेरै भएको थियो, करिब ८२ बर्ष भएको थियो उसले यसरि नपिएको,  बिचबिचमा थोरै पिएर आएपनि त्यतिसाहै्र गर्नेथिएन , साँच्चै उसलाइ अहिले ठुलैपिर परेको छ क्यारे त्यसैले त उ यति धेरै पिएर आएको छ ।


धङँधङगाउदै चउरमा पुग्दै गर्दा फिल्मको  पर्दामा जस्तै गरि एकाएक झयालहरु ढ¥याङढुरुङ गर्दै एताउता हल्लिन थाले, धुवाँ र धुलो उड्न थाल्यो, च्याँ, च्याँ र चु, चु गर्दै चराहरु पनि आकाशमा उड्न थाले, जमिन झन बेजोडले काँप्न थाल्यो । मानिस को कोलाहल र जमिन थर्किदा निस्केका ति मार्मिक आवाजहरु ग्ुाञ्जायमान हुन थाले ।

हामि बस्ने घरअगाडि सानो मकैबारि थियो कोहि त्यहि मकैबारिको बिचमा चिल्लाउदै थिए ,त कोहि अझै बाहिर सडकतिर दर्गुदै थिए, म भने घरभत्किहाले पनि त्यहासम्मँ आइनपुग्ने र कतैबाट केहि खस्नेजस्तो पनि नभएको तर सम्मुखमा एउटा रुख थियो जसलाइ हेर्दै नढ्ल्ने आशामा घरको दक्षिणतर्फ भएको सानो खालि जग्गाँमा बसिरहे । गुञ्जायमान र डरयुत्त युत उत्त परिबेसमा डरमिश्रित एउटा पाको स्वर गुन्जियो “लौ अब पृथ्बि धवस्त हुने भयो,,, शास्त्रमा लेखेको कुरो कहिल्यै झुटो हुदैन्  राम राम ,  हामिलाइ बचाऊँ भगवान ।” त्यस स्वरले पनि डराएका मनहरुलाइ अझ बढि डरपैदा गर्दियो तर मैले भने भनिरहे नआत्तिनुहोस यो भुक्मप हो अब गइहाल्छ । एकैछिन्मा सबै ठिक हुन्छ । उता मेरो सान्तवनाको त्यो मसिनो स्वर लाइ चुनौति दिँदै मेरो आवाज सँगसगँै पृथ्बि ले झन् जोडसँग आवाज निकाल्दै चलाएमान भइराखेको थियो र नजिकैका घर, पोल, रुख र जमिन पनि ।


कसो कसो आँखालाइ छेउकै सानो तर सुरिलो रुखमा पु¥याए, जमिनसँग ९० डिग्रिको कोण बनाइ उभिएको उत्त रुखपनि दिशापरिर्बतन गरि गरि ८५, ८०, ७५ हुदै ६० डिग्रिको कोण सम्ममा झुकेको मैले अनुमान गरे जसले काँपिरहेको मेरो मुटुलाइ अझै कँपाइदियो, जतिबेलासम्म करिब २५ सेकेन्ड बितिसकेको थियो होला , हुनत मलाइ भुकम्पको यो पहिलो अनुभब होइन् अगाडि पनि ४-५ रेक्टर स्केलका भुक्मपहरु मैले महशुस गरिसकेको थिय , तर ति भुकम्पका अगाडि अहिले कँम्पित धर्तिको चलाएमान अतुलनिय थियो ।  म पहिला त ढुक्कनै थिए कि यो भुकम्प नै हो र केहि छिनमै यो कँम्पित धर्तिले आराम गर्ने छ र सबै सामान्य हुनेछ । तर धर्तिको चलायमान को गति झन झन बढ्दै गयो र घर, रुख, जमिन सँगसँगै प्रत्यकको मुटु पनि हल्लायो तब मलाइ लाग्न थाल्यो यो भुकम्प पनि होइन कि ? किनकी यति ठुलो भुकम्प मैले कहिल्यै भोगेको थिएन अझ भन्नु पर्दा हाम्रो अहिलेको पुस्ताको कुनै पनि मानिसले भोगेको थिएन् ।


उता सानो बच्चालाइ समाएर डराउदै उभिराख्नुभयको एक आन्टि चलायमान धर्तिको कारणले उत्पादित इर्नसिया लाइ थेग्न नसक्दा उहाँ त्यहि बच्चासँग नै जमिनमा पल्टिनुभो, क्यानभासमा रुख उस्तै हल्लिएकै थियो, घरका झयाल र ढोकाहरु आफै लाग्दै उगारिदै गर्दै थिए, पश्चिमको आकाशभरि धुलोले कब्जा जमाइसकेको थियो । पृष्ठभुमिमा कारुणिक आवाजहरु गुञ्जायमान नै थिय,, साच्चै यो कुनै घटित घटना नभएर कुनै कारुणिक फिल्मकथाको दृश्यहरु पर्दामा मात्रै घटित छन् जस्तो आफैलाइ लाग्न थालिसकेको थियो,,, त्यसपछि त मुटु सँगै शरिरै काप्न थालिसकेको थियो, त्यसबेलासम्म त आफैलाइ घुमाउन पनि लागिसकेको थियो,,घुम्दै गरेको यो धर्तिमा घुम्दै र हल्लदै साथिलाइ हेरे उनको पनि मुख रातो भैसकेको थियो, उनि पनि यस फिल्मका कायर पात्र नै थीए , उनि माञ होइन फिल्मका सबै पाञ कायर नै थियौ । 


जब यि सब घटना घटित हुन सुरु भएको ४० सेकेन्ड भन्दा बढि भयो र मलाइ लाग्यो आज नै अन्तिम दिन रहेछ क्यारे । खै कुन शत्ति लिएर मैले माथितिर मुन्टोलाइ फर्काए शुर्य आधा ढाकिएको थियो, आधामाञ प्रकाश धर्ति सम्म आइपुगेको थियो , चराहरु रुखको माथि माथि कराउदै उड्दै थिए ,, सायद तिनिहरु पनि रुदै थिए होलान् यो काल्पनिक फिल्म कथा जस्तो कारुणिक घटनाको पाञहरु तिनि पनि थिय , तिनिहरु पनि च्याँ, च्ँया र चु चु गरिराखेका थिए सायद उड्न सक्ने उडेका होलान नसक्नेहरु कति बचरा त त्यहिबाट खसेर पनि मरेहोलनान । उसो त अझैपनि पृथ्बिको चलाएमान स्थिर हुने स्थिति थिएन्, मानिसको रुवाइ र कोलाहल उस्तै थियो ,, त्यतिकैमा हामि सम्मुख भएको ठुलो घरबाट केहि खस्यो र सानो घरको छानोमा बजारियो ,, जहाबाट बन्दुक पढ्केको जस्तो आवाज निस्कियो । तासका पत्तिसरि रुखका पातहरु भुइतिर खसिरहेका थिए भने चराचुरिङगिहरु आकाश तर्फ उडिराखेका थिए त्यसैबखत यसो पछाडि फर्केर हेर्छु त घर साइडको त्यो पिङ मानिस बसेबिनानै आफैहल्लिराखेको थियो ।


क्यानभासमा रुवाइ र चिच्चावट उस्तै थियो, त्यतिबेलासम्म त मलाइ पनि घुमाइरहेको थियो, त्यसै समयमा चलायमान अलि कम भएजस्तो लाग्यो ,, र  अन्त्यमा १ मिनेटको कारुणिक कथाको अन्त्य भएजस्तै पृथ्बिको हलचल पनि रोकियो । ,, भगवान बाचियो नि धन्नै भन्ने आवाज सँगैका लामा सुस्केराहरु पृष्ठभुमिमा गुन्जिन थाले ।  एक लामो श्वाँश फेर्दै म थ्याँच्च बसे र माथि हेरे, शुर्यलाइ पनि यो कारुणिकता हेर्न मन लागेनछ क्यार उ पनि कालो बादलको घुम्टो ओड्यो । तर मलाइ भने यो भान भयो कि “यो बास्तबिक घटना नभइ पर्दामा हेरिदै गरेको कारुणिक फिल्म थियो ।”


“उल्लेखित लेख महाभुकम्प २०७२ को पोखरा अनुभबलाइ केन्दबिन्दु बनाएर लेखिएको हो, गोरखाको लारपाक र बारपाक गाँउलाइ केन्दबिन्दु बनाएर बैशाख १२ गतेको मध्यान्नतिर आएको बिनाशकारि भुकम्प ले ८,००० बढिको ज्यान लिइसकेको छ भने लाखौको सँख्यामा मानिसहरु घाइते भएका छन् ।” 


लेखक गलकोट, बागलुङ स्थाई घर भई हाल पोखरा इन्जिनियरिङ कलेज पोखराका इन्जिनिएरिङका बिधार्थि हुन् ।