चेपाङलाई खाना होईन, बस्नका लागि सहयोग

610 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150507_103933पोखरा, -बनजंगलमै रमाउने चेपाङ जाति पनि विनाशकारी भुकम्पले प्रभावित बन्यो । ओत लाग्ने थलो ढल्यो । अन्नपात त मनग्गे थिएन, बासकै लागि उनीहरुको अनुरोध अनुसार सहयोगी संघसंस्था राहत संकलनमा जुटेका छन् ।

गत वैशाख १२ गतेको महाभुकम्पले प्रभावितहरुका लागि विदेशमा रहेका विद्यार्थीहरुले पनि राहत संकलन गरी पठाईरहेका छन् । अध्ययन तथा कामका लागि विदेशमा रहने युवाहरुले आफ्ना साथीभाइसँग भएको रकम जम्मा गर्दै भुकम्प पीडित सहयोगार्थ पठाएका छन् । युकेका अनिल श्रेष्ठ, विक्रम खत्री लगायत नेपाल, भारतका विद्यार्थीबाट संकलित ३० हजार रुपैंया चेपाङहरुका लागि प्रदान गरिएको छ ।

पोखरा १७ छोरेपाटन स्थित शितलचौतारी टोल विकास संस्थाले धादिङको पिडा गाविस वडा नं. ४ स्थित चेपाङ बस्तीका लागि टिन जस्तापाता लैजाने भएपछि सो रकम संस्थालाई हस्तान्तरण गरिएको हो । स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संस्थाका अध्यक्ष ईश्वरीप्रसाद लम्साललाई सो रकम हस्तान्तरण गर्दै सही स्थानमा सहयोग गर्न लागेकोमा खुशी व्यक्त गरे ।

‘तपाईंहरुले विभिन्न व्यक्ति तथा संघसंस्थामार्फत रकम संकलन गरी चेपाङ बस्तीसम्म पुग्दै हुनुहुन्छ । निकै सराहनीय काम छ ।’ – बास्तोलाले भने– ‘वास्तविक पीडित र पिछडिएको जातिलाई दीर्घकालीन तबरले सहयोग गर्नु लाग्नुभएका विदेशमा रहने विद्यार्थी लगायत सबै प्रशंसाका पात्र हुन् ।’ बास्तोलाले आफू पनि राहत वितरणका क्रममा धादिङका विभिन्न गाउँ पुगेको जानकारी दिँदै पीडितहरुको अवस्था दयनीय भएकाले यसै गरी सहयोगको हात अघि बढाउन सबैलाई आग्रह गरे ।

राहत रकम लिँदै संस्थाका अध्यक्ष लम्सालले विदेशमा रहने युवा विद्यार्थीहरुको सहयोगप्रति धन्यवाद दिँदै पत्रकार रञ्जन अधिकारी मार्फत आफूहरुले प्राप्त गरेकोमा खुशी प्रकट गरे । ‘नेपालका भुकम्प पीडितका लागि पठाईएको सहयोग हामी चेपाङ सम्म पुग्न लागेको खबरले पत्रकारमार्फत प्राप्त गर्न सक्यौं । उहाँलाई पनि धन्यवाद ।’ लम्सालले भने ।

संस्थाका सहकोषाध्यक्ष मोहनराज बरालले चेपाङहरु खानाका लागि पहिलेजस्तै गिठ्ठा भ्याकुरमै भर पर्ने भएकाले भुकम्पबाट उनीहरुको बास गुमेकाले घरका लागि जस्तापाता सहयोग गर्न लागेको बताए । ‘अब त वर्षायाम सुरु हुन लाग्यो । उनीहरु पहिले पनि अन्नपात भएका समुदाय होईनन् । हामी आवासकै लागि केन्द्रित भयौं ।’ उनले भने ।

भुकम्पबाट आफै पीडित रहेका पत्रकार रञ्जन अधिकारीले आफ्नो गाउँठाउँमा राहत वितरणका लागि हप्तादिन बढि लागेकाले सोचेनुरुप सहयोग संकलन गर्न नसकेपनि प्राप्त ३० हजार चेपाङका लागि वितरण गरेको जनाए । ‘सामाजिक सञ्जालमा गरिएको आग्रहले पहिलो दिन यतिमात्रै रकम आयो, चेपाङका लागि उपलब्ध गराएँ ।’– अधिकारील े भने– शुक्रबार ७५ हजार बढि आईपुग्नेछ । शनिबार पनि त्यति नै रकम आउनेछ । वास्तविक पीडितसमक्ष पु¥याउने संस्थालाई उपलब्ध गराउनेछु । सम्पर्क गर्न सक्नुहुनेछ ।’