घर बनाउनलाई ऋण चाहिएको छ ?  कुन बैंकले कति ब्याज लिन्छन् ?

1833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

46860612bamboo

काठमाडौं । भुकम्पले घर ध्वस्त भएको वा आंशिक क्षति भएकाहरुलाई नेपाल राष्ट्र बैंकले दुई प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ ।

 

बैंक ब्याज दर  बैंक ब्याज दर 
नेपाल बैंक 7.9-10.5% कुमारी 10-16%
राष्ट्रिय बाणिज्य 8-11% लक्ष्मी 9-15%
नबिल 9-12% सिद्धार्थ 12-13%
नेपाल इन्भेष्टमेन्ट 9.5-13.5% कृषि विकास 10-12%
स्ट्यान्डर्ड चार्टर्ड 7.75-10% ग्लोबल आइएमइ 9-12%
हिमालयन 8.5-11% सिटिजन्स 9-14%
एसबिआइ 13-14% प्राइम 10-12%
एनबी 10-12% सनराइज 9-14%
एभरेष्ट 10-14% एनएमबी 11-14.5%
बिओके 13-14 प्रभू 7.49-14%
एनसिसी 11-14% जनता 10-14%
एनआइसी एसिया 7.99-13.49% मेगा 9.5-15%
लुम्बिनी 9.5-12% सिभिल 8.99-13.99%
माछापुच्छ्रे 9.5-14% सेञ्चुरी 9-13%
सानिमा 10-14%    स्रोत: सम्बन्धित बैंकका वेवसाइट

 

 

 

 

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रका लाई २५ लाख र वाहिरका लाई १५ लाख रुपैयाँसम्म ऋणको व्यवस्था गर्ने भएको छ ।

तर एकभन्दा वढी घर भएका र यो रकमभन्दा वढी ऋण चाहिनेले बैंकसँग प्रचलित दरमा ऋण लिनु पर्ने हुन्छ, जुन राष्ट्र बैंकले पुनर्कर्जाको रुपमा उपलब्ध गराउनेभन्दा महँगो पर्छ ।
सञ्चालनमा रहेका बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा पाँच बर्ष र बढीमा २५ बर्षसम्मका लागि घर बनाउने, मेन्टेनेन्स गर्ने शिर्षकमा ऋण उपलब्ध गराउँछन् ।
बैंकहरुको आफ्नो वेवसाइटमा २०७२ बैशाख २७ गतेसम्म प्रकाशित गरेको ब्याज दर अनुसार, सबैभन्दा सस्तो दरमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर कर्जा उपलब्ध गराउने छन् ।
प्रभुले घर कर्जाको न्युनतम दर ७.४९ प्रतिशत तोकेको छ । नेपाल बैंकले ७.९ प्रतिशत तोकेको छ । एनआइसी एसियाले ७.९९ प्रतिशत न्युनतम ब्याज दर कायम गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले आठ, हिमालयनले ८.५, सिभिल बैंक ८.९९ प्रतिशत ब्याज दर तोकेको छ । 
नबिल, लक्ष्मी, ग्लोबल आइएमइ, सिटिजन्स्, सनराइज र सेन्चुरी बैंकले घर कर्जाको न्युनतम ब्याज दर ९ प्रतिशत तोकेका छन् ।  कतिपय बैंकले यस्तो कर्जाको ब्याज दर एकदेखि दुई बर्षसम्म बृद्धि नगर्ने पनि जनाएका छन् । महिलाको नाममा घर निर्माण गर्नेलाई पनि सहुलियत ब्याज दर तोकिएको छ । 

-विजमाण्डु डट कमबाट