मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो (अपडेट)

568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

apf_earth_quake_rescue_610650212फोटो :मंगलबारको भूकम्पले नयाँ बसपार्कमा भत्केको भवनमा उद्धार गर्दै सशस्त्र प्रहरी
भूकम्पबाट ११ सय बढी घाइते 
काठमाडौं : मंगलबार मध्यान्ह गएको भूकम्पमा परेर देशभरी ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । भूकम्पले दोलखामा मात्रै ३३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा ३ जनाले ज्यान गुमाएका छन् । भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ‍ उपत्यकामा ५ जनाको मृत्यु भएको छ।

सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन्

भूकम्पबाट अहिलेसम्म ११ सय जना घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ । अन्नपूर्ण पोष्ट डट कमबाट