भुकम्पका कारण लापाको कपुर गाउं र सेर्तुङको हिन्दुङमा पहिरो

795 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kapur gaiunko kapur gaun pahiroकेशव अधिकारी
धादिङ,३० बैशाख – निरन्तरको भुकम्प र त्यस पछिको पराकम्पनका कारण उत्तरी धादिङको अति विकटमा रहेको लापाको कपुर गाउं र सेर्तुङ गाविसको हिन्दुङमा पहिरो खस्न थालेको छ ।
बस्ति भन्दा माथिवाट पहिरो खस्न थालेपछि दुवै गाविसका वासिन्दा थप त्रसित बन्न पुगेका छन । आंखुखोलाले सिमाना काटेको लापा र सेर्तुङ गाविस धादिङ जिल्लाको अति विकटमा रहेका पांच गाविस मध्येका हुन । गाउंमा निरन्तर पहिरो खसिरहेको जानकारी आएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिका सदस्य एवम  सुरक्षा अधिकारीको टोली बुधवार दिउंसो घटनास्थल पुगेर फर्किएको छ । सवुज गणका गणपति विजितराज रेग्मी, प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल राष्ट्रिय अनुसन्धान धादिङका प्रमुख हरिशरण न्यौपानेको टोली पहिरो अनुगमनका लागि घटनास्थल पुगेर सदरमुकाम फर्किएको छ ।
पहिरोको नजिक परेका गाउंलेहरुको लागि तत्काल खाद्यानको आपूर्ति बढाईदिने धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताउनु भयो । पहिरो लामो समयसम्म चलिरहे त्यहांका वासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नका लागि आवश्यक पहलका लागि सरकारसंग अनुरोध गरिने उहांको भनाई छ ।
गाउंको नजिकै सुख्खा पहिरो खसिरहेपनि तत्काल मानव वस्तिमा कुनै असर नगरे पनि दुवै गाविसका स्थानीयहरु गाउंवाट वाहिर निस्कने एकमात्र नाका पहिरोमा परेको वताईएको छ । घटनास्थल पुगेर फर्कनु भएका प्रहरी नायव उपरिक्षक मल्लका अनुसार पटक पटकको भुकम्पको धक्काले जमिन थर्किएर पहिरोखस्न थालेको हो । विकटको वस्ति भएकाले पहिरोका कारण गाउंलेहरुको दैनिकीमा समेत पहिरोले प्रभाव पार्ने भएकाले त्यस क्षेत्रमा केही सावधानी अपनाउनु आवश्यक छ । पहिरो खसिरहेको स्थानमा वस्ति नभएपनि वस्तिको नजिकै पहिरो भएकाले गाउंलेहरु एक गाउंवाट अर्को गाउंमा आवात गर्न कठिनाई हुने मल्लको भनाई छ ।
पहिरोका कारण समस्यामा परेका गाउंवासीको सहयोगका लागि जिल्ला स्तरीय सुरक्षा समिति तथा जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बसि निर्णय लिईने भएको छ । बैशाख १२ गतेको भुकम्प हुंदै बुधवार विहान समेत गरी जिल्लाभरमा ७ सय २३ जनाको ज्यान गईसकेको भने ७ सय जनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि अस्पताल पु¥याईएको छ । बुधवार विहान जिल्लाको कल्लेरी र पिडा गाविसमा एक एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तस्बिर सौजन्य  प्रकाश मल्ल, प्रहरी नायव उपरिक्षक धादिङ