प्रचण्ड, बाबुरामले लगेको पाल खोईः सभासद् राजेन्द्र पाण्डे

1048 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)विनाशकारी भूकम्पको दिनदेखि नै म विशेष गरी धादिङमा ठूलो क्षति भएकाले उतै केन्द्रित भएँ । मेरै पहलमा धादिङका धेरै भूकम्प पीडित जनतालाई राहत तथा उद्धारको काम पनि भयो । म अध्यक्ष रहेको मनमोहन अस्पतालबाट हजारौं घाइतेको निःशुल्क उपचार भयो ।मैले मेरो छोराको विवाहका लागि छुट्याएको ५ लाख र थप ५ लाख समेत गरी १० लाख रुपैयाँ भूकम्प पीडितको राहतमा प्रदान गरेँ । धादिङमा मलगायत हाम्रो परिवारका पनि सबै घर भत्किएका छन् । तर, हामीले जनताको सेवालाई पहिलो प्राथमिकता राख्यौं ।

मैले धादिङका जनताको कति सेवा गरेको छु र जनताले मलाई कुन रुपमा लिन्छन् भन्ने कुरा त बि.सं. ०४३ सालदेखि आजसम्म ३० वर्षको अवधिमा जनताले आफ्नो जनमतबाटै पुष्टि गरिरहेका छन् । मलाई कसैले सिध्याउन खोज्दैमा सम्भव छैन ।यसबीचमा संसदको विशेष अधिवेशन चल्यो । भूकम्प पीडित जिल्लाको जननिर्वाचित प्रतिनिधिको नाताले र अनुभवी सांसदको नाताले पनि मैले संकल्प प्रस्ताव निर्माणदेखि पारित गर्नेसम्मका प्रक्रियामा भूमिका खेलेँ । संसद अधिवेशन अन्त्यको दिन हामी सभासदले हाजिर गर्ने ठाउँमा पाल बाँडिएको रहेछ । हाजिर गरेपछि प्रिन्टेड र्फममा सही गराएर कर्मचारीले पाल दिए ।सभासदका पनि घर भत्किएका छन्, खुला आकाशमुनि सुतेका छन्, त्यही भएर पाल दिएछन् भन्ने सोचेँ ।

10414424_10200556712277630_7403788541673725221_nएकजना धादिङको पीडा गाविसका गरीव साथीले मागिरहेका थिए, उनलाई दिनुपर्ला भनेर बोकेँ । फोटो पत्रकारले फोटो खिचेर जनताको पाल सभासदले लिए भन्ने ढंगले प्रवाह गरेछन् ।मैले पाल लिनासाथ सभामुखलाई सोधेको थिएँ । यो तपाईको जानकारीबाट भएको हो कि होइन भन्दा होइन भन्नुभयो । त्यसपछि मैले तुरुन्त पाल फिर्ता गरेँ ।त्यहाँ एमाओवादीका प्रायः सबै सभासदले पहिले नै पाल बुझिसकेका थिए ।

Tripal Sabhasadफोटो आउनेबेला हाम्रो मात्रै नियोजित रुपमा बदनाम गर्न खोजियो । मैले त पाल तत्कालै फिर्ता गरेर सभासदको हुर्मत लिन खोजियो भनेको थिएँ । तर, प्रचण्ड बाबुरामजीहरुले पाल फिर्ता गर्नुभएन । ती पाल कहाँ गए ? मैले यो विषयलाई अन्त्यन्त गम्भीर रुपमा लिएको छु ।सभामुखको जानकारीबिना संविधानसभा भवनमा पाल बाँड्न सम्भव छ कि छैन ? ती पाल कुन उद्देश्यले त्यहाँ ल्याएर भिडाइयो अनि फोटो खिचाइयो ? जनताका प्रतिनिधिहरुलाई जनताको नजरमा गिराउने, बदनाम गर्ने र लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाएर संक्रमणकालको फाइदा उठाउने ठूलो डिजाइनअनुसार यस्ता क्रियाकलाप भइरहेको आशंका छ ।

जननिर्वाचित सरकारप्रति अविश्वास सिर्जना गराएर आइएनजीओहरु मार्फत राहत बाँड्ने खेल यसैको उदाहरण हो । आज सभासदको बदनामी गर्दा रमाइलो होला, तर यसले लोकतन्त्रलाई फाइदा गर्दैन । सभासद त आज एउटा आउँछन्, भोलि अर्को निर्वाचित भएर आउलान् । तर, हामीले प्रणालीप्रति नै जनतालाई नकारात्मक बनाउने काम मिडियाबाट पनि गरिरहेका छौं । मेरो फोटो छापियो भनेर मैले यसो भनेको होइन ।मैले कुनै अपराध गरेको छैन । हामी सभासद पनि पीडित छौं । तर, मैले पाल लगेको पनि छैन ।सभासदजतिलाई अपराधी देखाएर कसैको भलो हुँदैन । सभासदले जति जनताको पक्षमा लबिङ अरु कसले गरेको छ देखाउन् । ठूला कुरा गरेर, मिडियामा पपुलर हुनेहरुको एउटा पाखण्डी जमात छ नेपालमा । त्यसको शिकार जनताका प्रतिनिधिहरु बन्नु परेको छ ।म यो कुरा मेरो पार्टीको संसदीय दल र प्रमुख सचेतकसँग पनि गर्दैछु । यो अनैतिक काम गर्नेहरुलाई कारवाही हुनैपर्छ । मलाई बदनाम गर्न जसले खोजे पनि डर छैन । हिजो सुविधाको गाडी लिनु हुँदैन भनेर नलिने मान्छे राजेन्द्र पाण्डे नै हो । एउटा पाल होइन, दश हजार पाल राजेन्द्र पाण्डेले जनतालाई बाँडिसकेको छ । हेक्का होस् ।

(सभासद् राजेन्द्र पाण्डेको सामाजिक सञ्जालमा राखिएको सामाग्रीबाट साभार)