भूकम्प पिडित चेपाङ बालवालिकालाई हँसाउदै किशोरकिशोरी

803 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
IMG_4033गोगनपानी , – बैसाख १२ गतेदेखीको महाभूकम्प तथा पराकम्पका कारण घर विहिनभएका तथा विद्यालय जाननपाएका गोगनपानीका चेपाङ बालवालिकाहरुको लागि गोगनपानी ७ का बबिता रुपाखेतीको समुहले दैनिक ३ घण्टा मनोपुर्नस्थापना कक्षा स्वतस्फुर्तरुपमा सुरुवात गरेका छन् ।
महाभुकम्पका कारण दैनिक रुपमा बालवालिकाहरु डर त्रास तथा हावाहुरीमा त्रिपालको अत्यासलाग्दो रात विताउँदा मानशिकरुपमा त्रसित देखिएको अवस्था तथा विद्यालय नलाग्दा विद्यार्थीहरुमा झन नकारात्मक प्रभाव परेको महशुस गरि गोगनपानी ७ मा रहेको बगैचामा अस्थाई त्रिपाल हाली कक्षा सञ्चालन गरिएको हो । कक्षामा २० जना चेपाङ बालवालिकाको साथमा अन्य २० जना गरि ४० जनाको समुह रहेको छ । कक्षामा आर्ट, गित मनोरञ्जन, भुकम्पबाट बच्ने उपाय, प्रतिभा देखाउने जस्ता कार्यहरु गरिने गरिएको कुरा कक्षाका प्रमुख बबिता रुपाखेतीले बताइन् । कक्षा सञ्चालन गर्न गाउँका ७ जना क्याम्पस पढ्ने किशोर किशोरीहरु रहेका छन् । कक्षा सञ्चालन गर्न उपाय इन्डियाका बरुण श्रीबास्तवले भुकम्प केवल प्राकृतिक प्रकोप रहेकोले यसलाई भौतिक व्यवस्थापन गर्दा हुने तर वालवालिकाको असरलाई व्यवस्थापन गर्न नसके पुस्ताकै लागि महाकम्प हुने हुनाले बालवालिकाको लागि लाग्न अभिप्रेरित गरेका थिए । किशोर किशोरीले सञ्चालन गरेको कक्षाको लागि तत्कालका केहि सामग्री उपाय इन्डिया तथा सिड्स ले सहयोग गरेको छ ।