धादिङ–पोखरा सम्पर्क समितिद्वारा राहत रकम प्रदान

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 IMG_00000388धादिङ-वैशाख १२ गते नेपालमा गएको महाभूकम्पबाट पीडित बनेका धादिङवासीहरुका लागि धादिङ–पोखरा सम्पर्क समितिले राहत रकम हस्तान्तरण गरेको छ ।
समितिले राहत स्वरुप दुई लाख रुपैयाँ जिल्ला दैवी उद्धार राहत कोषमा जम्मा गर्नका लागि धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई हस्तान्तरण गरिेएको थियो । आईतबार  जिल्ला प्रशासन कार्यालय धादिङको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम समितिका अध्यक्ष झम्क सारु मगरले प्रजिअ घिमिरेलाई हस्तान्तरण गरेका थिए । उक्त राहत हस्तान्तरणका लागि समितिका अध्यक्ष सारु मगरको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्ष दीपेन्द्र थपलिया, सचिव सुदर्शन बसौला, कोषाध्यक्ष लालप्रसाद पाठक, सह–कोषाध्यक्ष समीर अर्याल, सल्लाहकार हरि पन्तको टोली आइतबार धादिङ आएको थियो ।
समितिका अध्यक्ष मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले धादिङ–पोखरा सम्पर्क समितिको सहयोगलाई उचित ठाउँमा प्रयोग गरिने प्रतिवद्धता जनाए । त्यस अवसरमा समितिका वरिष्ठ उपाध्यक्ष लम्साल, सचिव बसौला लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, एमाले जिल्ला अध्यक्ष भूमी त्रिपाठी  , एमाओवादी जिल्ला अध्यक्ष रामबहादुर भण्डारी,  लगायत अन्य राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो । गत १२ गते गएको महाभूकम्प र त्यसपछि गएको पराकम्पका कारण धादिङ जिल्लामामात्र ७२४ जनाले ज्यान गुमाएका छन् भने ७३८ जना आइते अवस्थामा विभिन्न अस्पतालहरुमा उपचाररत छन् । १ नगरपालिका र ४६ गाविस रहेको धादिङमा ७३ हजार ८४२ घरधूरी रहेकोमा भूकम्पका कारण ४३ हजार ७४१ घर पूर्ण क्षति र १८ हजार ७२० घर आंशिक क्षति भएको जिल्ल दैवी प्रकोप उद्धार समिति धादिङले जनाएको छ । समितिका अनुसार जिल्लाका ३ लाख ३४ हजार २९२ धादिङवासी भूकम्पबाट पीडित भएका छन् । ती भूकम्प पीडितका लागि सरकारी तथा गैह्रसरकारी संघ–संस्थाहरुको प्रयासमा राहत स्वरुप पटक–पटक त्रिपाल, खाद्यन्न लगायतका सामाग्री वितरण गरिएको भएपनि भूकम्प पीडितको तुलनामा आधामात्रलाई पुगेको छ ।