खाल्टेमा नारायणी जग्गा तथा आवाश व्यवसायी संघको राहत

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  नारायणी जग्गा तथा आवाश व्यवसायी संघ चितवनले धादिङ जिल्लाको खाल्टे गाविसमा  राहत वितरण गरेको छ । भूकम्पले अति प्रभावित खाल्टे गाविसको वडा नं. ६ देउराली भिरमा पुगेर राहत वितरण गरेको हो ।
चामल, चिउरा, कमल, त्रिपाल लगायत झण्डै ५ लाख मूल्य बरावरको राहत सामग्री वितरण गरिएको नारायणी जग्गा तथा आवाश व्यवसायी संघका अध्यक्ष बावुराम अधिकारीले जानकारी दिए ।
चितवन भन्दापनि खाल्टेका स्थानीयको अवस्था नाजुक भएको सूचना पाएपछि राहतका सामग्री बोकेर यो स्थान पुगेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार खाल्टे गाविस वडा न.ं ६ देउराली भिरबासीहरुमा बास बस्ने समस्या देखिएको छ । ‘ सबैघर भत्कीएकोले बास बस्ने समस्या देखिएको छ उनले भने । – अस्थायी घर बनाउनका लागि पहल गछौं । Dhading--300x240

कार्यक्रममा विक्रम बाबा हाउजीङ प्रालिका अध्यक्ष हरि पन्तले देशमा आएको महाविपत्तिलाई व्यवस्थापन गर्न सरकारलाई जग्गा व्यवसायिहरुले सहयोग गर्ने बताए । हामी सरकारलाई सहयोग गर्न तयार छौं उनले भने –गास, बास कपास व्यवस्थापनमा गर्ने हाम्रो पनि दायित्व हो ।
टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्षावल आंपटारीका प्रमुख सम्भुप्रसाद उप्रेती र उनका जवानहरु पनि सहभागी थिए । जिल्ला विपद् व्यवस्थापन समिति संग समन्वय गरेर धादिङ पुगेको टोलीलाई स्थानीयले खुलेरै धन्यवाद दिएका थिए ।
राहत वितरण गरिएको बस्ती सदरमुकाम धादिङबेसी देखि १९ किलो मिटर पूर्व दक्षीण क्षेत्रमा परेपनि पहाडी क्षेत्र भएकोले धादिङबेसीवाट झण्डै तीन घण्टा मोटर चढेपछि मात्रै पुग्न सकिन्छ ।