भुकम्प पिडितलाई तत्काल सहयोग गर–देउवा

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0543धादिङ,४ जेठ – बर्षा याम शुरु हुन लागि सकेकालो भुकम्प पिडितहरुको तत्कालिन बसोवासको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्र्रेसका नेता शेरवहादुर देउवाले वताउनु भएको छ ।
बैशाख १२ को महाभुकम्प र त्यस पछिका पराकम्पनका कारण ज्यान गुमाउनेको परिवार तथा घरवारविहिन भएकाहरुको सहयोगका लागि सरकारले वोलेको घोषणा कार्यान्वयनमा ढिलाई गर्न नहुनेमा देउवाले जोड दिनु भएको छ । बर्षा लागन्ु अघि महाभुकम्प पिडितहरुको अस्थायी वसोवासको व्यवस्था मिलाउन नसके धेरैको बिच्चली पर्ने भएकाले सरकारले व्यवस्थापिका संसदवाट पास गरेको संकल्प प्रस्तावका आधारमा पिडितहरुको सहयोगका लागि सक्रियता बढाउनु पर्ने देउवाले वताउनु भएको छ ।
महाभुकम्प पिडितहरुको अवस्था अध्ययनका लागि नेपाली कांग्रेसको तर्फबाट खटिएको केन्द्रिय अनुगमन समितिका संयोजक समेत रहनु भएका देउवाले धादिङ जिल्लाका भुकम्प पिडितहरुसंग भेटघाट पछि सरकारी घोषणा कार्यान्वयनमा ढिलाई गर्न नहुने वताउनु भएको हो । धादिङ जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकलाई सम्वोधन गर्दै भुकम्पपिडितहरुको सहयोगका लागि सरकारले गरेको घोषणा कार्यान्वयनमा ढिलाई गर्न नहुनेमा जोड दिनु भएको हो । बैठकमा सम्वोधन गर्दै देउवाले सडक सञ्जालले नछोएका धादिङ जिल्लाका अति बिकटका पाँच गाविसमा अझै पनि राहत सामाग्री पुग्न नसकेको भन्दै समितिको ध्यानाकर्षण गराउनु भएको थियो । बर्षायामका लागि चाहिने खाद्यान्न समयमै ढुवानीको व्यवस्था मिलाउन समेत समितिलाई आग्रह गर्नु भएको छ ।
पुर्व मन्त्री, सभासद,एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु सम्मिलित अनुगमन टोलीमा अनुगमन टोलीमा पुर्व मन्त्रीहरु डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँड,डिना महालक्ष्मी उपाध्यायका साथै कांग्रेसका केन्द्रिय सदस्यहरु डाक्टर मनमोहन भट्टराई, सीता गुरुङ र अम्विका बस्नेत लगायतको सहभागिता रहेको छ । अनुगमन टोलीलाई जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले घटना भएपछि हाल सम्म भए गरेका उद्धार, उपचार,राहत सहयोग लगायतका बिषयमा भएका कृयाकलापका साथै जिल्लाका राजनैतिक दल,सुरक्षा निकाय,संघ सस्था, संचार माध्यमको भुमिकाको बिषयमा टोलीलाई जानकारी गराउनु भएको थियो भने जन प्रतिनिधिहरुको तर्फवाट धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीले जिल्लाको पछिल्लो स्थिती अवगत गराउनु भएको थियो ।
धादिङमा जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकमा सहभागी हुनु अघि देउवाले नेपाली कांग्रेस धादिङका नेता कार्यकर्तालाई भेटघाट गरी विपदका वेला राजनैतिक दाउपेचका कुरा छाडेर आपतमा परेकाहरुको सहयोगमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो । नुवाकोट जिल्लाका अनुगमन पछि धादिङ आएको टोली सोमवारनै राजधानी फर्किएको छ ।