स्विटरल्याण्ड पुगेकी नेपाली चेलीको पहलमा भुकम्प पिडितलाई राहत

444 पटक पढिएको

प्रकाशित मिति: ५ जेष्ठ २०७२, मंगलवार १९:५६

सम्पादक: Dhading News

DSC_0571धादिङ–महाभुकम्पले तहस नहस पारेको जनजिवनलाई सहयोग गरी पिडित परिवारलाई सामान्य दैनिकीमा फर्काउन देश विदेशमा रहेका नेपाली र तीनका आफन्तहरु व्यक्तिगत तबरबाट सहयोग जुटाउन कस्सिएर लागि परेका छन । सहयोग गर्न धन होइन मन चाहिन्छ भन्ने भनाईलाई सत्य सावित गराउंदै स्विटरल्याण्ड बस्दै आईरहेकी एक नेपाली चेलीले बैशाख १२ को महाभुकम्प पिडितहरुलाई राहत दिन व्यक्तिगत रुपमा सहयोग गर्नु भएको छ ।
स्विटरल्याण्डका नागरिक ब्रुनो स्कुमेज र उहांकी श्रीमती पुनु स्कुमेजको  व्यक्तिगत पहलमा बैरेनी गाविस वडा नम्बर ९ बराडांडा, माझिलोसे,माझिखेतका भुकम्प पिडित ३० परिवारले राहत पाएका छन ।
कपन काठमाण्डौं वस्दै आईरहनु भएकी पुनुकी आमा जमुना साहनीले सोमवार गाउंमै पुगेर राहत सामाग्री बितरण गर्नु भएको हो । बितरण गरिएको राहत सामाग्रीमा १५ थान त्रिपाल,३० केजीका दरले ३० वोरा चामल,३० वटा म्याट,३० केजी नुन र दालका साथै लत्ता कपडाहरु रहेको थियो ।
महाभुकम्पका कारण घरवार विहिन हुन पुगेकाहरुको पिडालाई केही कम गर्न तत्कालिन सहयोग गर्ने उद्धेश्यले आफ्ना छोरी ज्वाईले उपलव्ध गराएको एक लाख ४५ हजार नगदवाट राहत सामाग्री खरिद गरी पिडित परिवारलाई बितरण गरिएको जमुनाले वताउनु भयो ।
पृथ्वीराजमार्गको नजिकै रहेर पनि कुनै पनि संघ संस्था र अन्य निकायको नजरमा पर्न नसकेको बस्तिमा राहत समाग्री वितरण गर्न पाउंदा आंफुलाई केही खुसी लागेको र भविष्यमा पनि सकेको सहयोगका लागि पहल गर्ने जमुनाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । पहुंचका आधारमा कतिपय वस्तिमा धेरै पटक राहत सामाग्री वितरण भएपनि माझिलोसे, बराडांडा गाउंमा भने कसैको नजर पर्न नसकिरहेको बेला यहांका पिडितहरुको सहयोगका लागि पहल भएकोमा स्थानीयले दाता टोलीलाई धन्यवाद व्यक्त गरेका थिए । बैरेनी गाविसको वडा नम्बर ९ मा पर्ने ग्रामीण भेग राहुडाँडा, सिम्ले,घर्तिगाउं,कुसुन्डांडा,महेश,वाहुन पलाङ,बांझागाँउ,डुडीगैरा, छाप लगायतका बस्तिमा एक सय भन्दा बढी घर परिवारले अझै सम्म पर्याप्त राहत पाउन सकेका छैनन ।
ब्रुनो स्कुमेज  र उहांकी श्रीमती पुनु स्कुमेजको सहयोगमा यस अघि जमुना साहनीले धादिङकै नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११ को आहालडांडाका ३० परिवारलाई पनि प्रति परिवार एक एक वोरा चामल,एक एक थान मेट, त्रिपाल,सिरक विस्ताराका साथ लत्ता कपडा बितरण गर्नु भएको थियो ।

बुधवार बैरेनी ९ बराडाँडामा  राहत बितरणको केही झलक (फोटो फिचर)

DSC_0558 DSC_0560 DSC_0567 DSC_0570 DSC_0571 DSC_0576 DSC_0579 DSC_0580



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ जेष्ठ २०७२, मंगलवार १९:५६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को.....

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

Categories