महाभुकम्पबाट धादिङमा के कति क्षती भयो -कस्ले कति राहत पाए

1837 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
DSC_0293धादिङ,६ जेठ- भुकम्पमा परी धादिङ जिल्ला भित्र ज्यान गुमाउनेको संख्या ७ सय २८ जना पुगेको छ । ३ हजार भन्दा बढी घाईते भएका छन भने ती मध्ये ७ सय ३८ जना गम्भिर अवस्थामा रहेका छन । जिल्ला दैवि प्रकोप उद्धार समितिले बैशाख १२ गतेको महाभुकम्प पछि जेठ ५ गते सम्मको स्थिती सार्वजनिक गर्दै जिल्लामा भएको क्षती, उद्धारका प्रयास र बितरति राहतको तथ्याङक वाहिर ल्याएको छ ।
11219155_10205190880644279_922450891091537660_nबैशाख १२ को महाभुकम्पले जिल्लाको सदरमुकाम धादिङबेसी र ग्रामीण तहका अधिकांस घरधुरीहरु क्षती ग्रस्त हुन पुगेको छ । सदरमुकामका कच्ची घरहरु ध्वस्त तथा बस्न नहुनेगरी क्षति भएका छन् भने जिल्ला प्राविधिक कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला अदालत, राष्ट्रिय अनुसन्धान कार्यालय, हुलाक कार्यालयका सवै भवनहरु सहित ५२ वटा सरकारी भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको र ८७ वटा भवनहरु मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । भुकम्पका कारण जिल्लाभरका २८ सय विद्यालय कक्षा र ४९ वटा स्वास्थ्य संस्थाहरु तत्काल पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ । समितिका अनुसार ग्रामीण तहमा रहेका कतिपय सरकारी कार्यालयको क्षतीको विवरण अझै आउन बाँकी रहेकोे समितिले जनाएको छ ।
जनगणना २०६८ अनुसार जिल्लामा भएका ७३ हजार ८ सय ४२ घरधुरी मध्ये ४३ हजार ७ सय ४१ धरधुरीमा पूर्ण क्षति भएको र १८ हजार ७सय २० घरधुरीमा आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनगणना पश्चात जिल्लाको प्रत्येक गाविसमा कम्तिमा २० प्रतिशत सम्म घरधुरी वृद्धि भएको र ति घरहरु प्नि क्षतीमा परेकाले क्षतीग्रस्त घरधुरीको संख्या अझै बढ्न सक्ने समितिका सदस्य समेत रहनु भएका धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी बताउनुहुन्छ ।

11218763_10200556706477485_7069562976727989951_nसमितिका संयोजक एवम धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार भुकम्पमा पर्नेहरुको उद्धार गर्ने कार्य लगभग सकिएको छ । यस क्रममा दुर्गम गाउँहरुमा हेलिकोप्टर मार्फत उद्धार गरिएको र ३० भन्दा बढी गम्भिर घाईतेहरुको अझै पनि विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
भुकम्पको कारण २० हजार भन्दा बढी ५ वर्ष मुनिका वालवालिका, ४५ हजार भन्दा बढी १८ वर्ष मुनिका वालवालिका, ७ हजार भन्दा बढी अपाङ्ता भएका व्यक्तिहरु रु १२ हजार भन्दा बढी गर्भवति एवं सुत्केरी महिलाहरु प्रत्यक्ष प्रभावित भएको महिला तथा वालवालिका कार्यालयले जनाएको छ ।

DSC_0079 11203124_10204102664037388_5085504851112733338_n (1)प्रकोपमा परेका परिवारलाई तत्कालिन सहयोगका लागि राहत सामग्रि पठाउने कार्य पहिलो चरणमा सम्पन्न भएपनि सडकले नछोएका उत्तरी ५ गाविसहरुमा अझै खाद्यान्न पर्याप्त हुन नसकेपछि दैनिक रुपमा हेलिकोप्टर मार्फत पठाउने कार्यलाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भयो । घिमिरेका अहालसम्म सरकारी तथा गैर सरकारी तहवाट हाल सम्म ७५ हजार ९ सय ४६ थान त्रिपाल वितरण गरिएको छ । यस्तै चामल २९ लाख ५६ हजार २ सय ५४ के.जी. (४० हजार २ सय ३ बोरा), चिउरा २ लाख २८ हजार ५ सय ५६ केजी (९ हजार १ सय ४२ बोरा), विस्कुट १९ हजार ७ सय ६४ कार्टुन बितरण गरिएको समितिले जनाएको छ ।
DSC_0741त्यसैगरी चाउचाउ २८ हजार ८ सय ३४ कार्टुन, नुन ४९ हजार ६ केजी, चिनी २२ हजार ३ सय १८ केजी, म्याट ६१ ह्जार ३ सय ४० मीटर, कम्बल ९१ ह्जार ९ सय ९९ थान, ड्राई फुड १४ सय १९ बोरा, हाईजिन किट १ सय १७ बोरा, भुजा ६ सय ४६ बोरा बितरण गरिसकिईएको वताईएको छ । राहतका लागि जुस १२ कार्टुन, आँटा÷पिठो ६२ हजार ४ सय ६४ किलो, आलु ३५ हजार ५ सय ४७ किलो, दाल ४४ हजार ६६ किलो, तेल ५५हजार २ सय ९३ लिटर, त्रिपाल २३ रोल, बदाम १६ बोरा, कपडा ९ सय ८४ बोरा, सावनु १८ हजार ३५ थान, जस्ता ४ सय ७४ बण्डल वितरण भईसकेको समितिले जनाएको छ ।
DSC_0312जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थापना गरेको वितरण केन्द्रमा नेपाल सरकार लगायत सरकारी निकायहरु, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ÷संस्था, विभिन्न दातृ निकायहरु, व्यक्ति तथा समुदायवाट राहत सामग्रि प्राप्त भएको समितिको अभिलेखमा उल्लेख छ ।
महाभुकम्प पछि घरवार विहिन हुन पुगेकाहरुको सहयोगका लागि पहिलो चरणमा पूर्ण रुपमा घर क्षति भएका घरधनीलाई ५ हजार र आंशिक क्षति भएका घरधुरीलाई ३ हजारको दरले प्रदान गर्ने निर्णय अनुरुप हालसम्म प्राप्त रकम वितरणको लागि २६ गाउँ विकास समितिमा वजेट पठाईसकिएको प्रजिअ घिमिरेले वताउनु भयो । यसरी रकम पठाईएका गाविसहरुमा झार्लाङ दार्खा मार्पाक, सेर्तुङ सल्यान्टार, लापा, गुम्दी, फुलखर्क ,बसेरी, बुढाथुम, ढोला, नलाङ, त्रिपुरेश्वर, चैनपुर, मैदी, केवलपुर, महादेवस्थान, तिप्लिङ, खरी, जीवनपुर, छत्रेदेउराली, सल्यान्कोट, तसर्पु, थाक्रे, ज्याम्रुङ, रीगाउँ गाउँ रहेको छ । जिल्लाको एक नगरपालिका र ४६ गाविस मध्ये पहिलो चरणमा २६ वटा गाविसमा कुल १२ करोड ६६ लाख ५४ हजार रकम वितरण गरिएको र वजेट अपुग भएपछि अझै कतिपयले रकम पाउन नसकेकोले बाँकी स्थानमा रकम निकासा प्राप्त हुनासाथ वितरण गर्ने प्रवन्ध मिलाईएको समितिले जनाएको छ ।
DSC_0293जिल्ला दैवि प्रकोप उद्धार समितिले अव दोस्रो चरणका राहत तथा पुर्नस्थापनाका कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको वताईएको छ । नजिकिदै गरेको बर्खायाम, मनसुनका कारण तत्काल पुर्नस्थापना तथा पुर्नवासमा चुनौति रहेको सभासद बुर्लाकोटी बताउनुहुन्छ । समितिलेले विभिन्न निकाय मार्फत गरेको अध्ययनवाट जिल्लाको लापा गाविसका खादिड., कपुरगाउ, तिर, नेवेर, त्याचेत, लाचेत, तिप्लीङ गाविसका लिङचो, सेर्तुङ गाविसको बोराङ, री गाविसको किचेत र झार्लाङ गाविसको क्यु, कान्द्राड., अकथली , महादेवस्थान गाविसको ब्रुसबाङलाई स्तान्तरण गर्नुपर्ने ठाउंका रुपमा राखिएको छ ।
विपदमा परेकाहरुको लागि पुनःस्थापनाको चरणमा प्राथमिक राहत को चरण भन्दा अझ सशक्त र पूर्ण क्षमताका साथ सहयोग चाहिने समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भएको छ ।