संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउन दलहरु सहमति नजिक

702 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डु,२१ जेठ ।  आगामी संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउनेमा मुख्य चार राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् । उच्चस्तरीय राजनीतिक समितिको बिहान बसेको बैठकमा ११ बुँदे सहमतिअनुसार अघि बढ्न चारै पक्ष राजी भएका हुन् । विवाद बढ्दै जाँदा एकीकृत माओवादी र मधेसी मोर्चाले संविधानसभा ६ सय १ सदस्यीय हुनुपर्ने कुरा राखे पनि वर्तमान सरकार बनाउँदा भएको सहमतिबाट पछि नहट्ने सहमति भएको हो । उच्चस्तरीय राजनीतिक समिति संयोजक एमाले अध्यक्ष झलनाथ खनालले यसअघि संविधानसभा ४ सय ९१ सदस्यीय बनाउने सहमतिबाट पछि नहट्न चारै दल सहमत भएको जानकारी दिनुभयो । दलहरुबीच थ्रेस होल्ड र उम्मेदवार हुनका लागि चाहिने योग्यताका विषयमा भने कुरा मिल्न सकेन । नेपाली काङ्ग्रेस र एमालेले थे्रसहोल्ड राख्नुपर्ने अडान राखेका छन भने एकीकृत माओवादी र मधेसी मोर्चासहित साना दलहरु त्यसको विपक्षमा छन् । थ्रेस होल्ड, उम्मेदवारको योग्यतालगायतका विषयमा सहमति जुटाउन समितिको बैठक यही जेठ २४ गते बस्नेछ ।