प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदी धादिङमा

797 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–आपतकालिन अवस्थामा प्रहरीले संयमित भएर जनताको जिउ धनको सुरक्षा गर्नु पर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले बताउनु भएको छ ।
भुकम्पबाट प्रभावित भएका प्रहरी चौकीहरुको अनुगमनका लागि शुक्रवार धादिङको नलाङ स्थित प्रहरी चौकी आउनु भएका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले नेपाल प्रहरीले भुकम्प प्रभावितहरुको सेवा उत्कृष्ठ कार्य सम्पादन गर्न सफल हुनुमा गाउं गाउंमा रहेका प्रहरी कर्मचारीको भुमिका उत्कृष्ठ रहेको वताउनु भयो ।
नेपाल प्रहरी मध्यमाञ्चल क्षेत्रीय कार्यालय मकवानपुर हेटौंडाका प्रमुख समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले आफ्नो कार्य क्षेत्र भित्र राजधानी वाहेकका जिल्लामा २५ सय प्रहरी कर्मचारी प्रभावित भएको र २ सय ५० प्रहरी युनिट पूर्णरुपमा क्षतीग्रस्त भएको जानकारी दिनु भयो ।
DSC_0973महाभुकम्पले प्रहरी र तिनका घर परिवार समेत प्रभावित हुंदा समेत त्यस्को कुनै पर्वाह नगरी गाउँ गाउंमा रहेका प्रहरीले आपतमा परेकाहरुको उद्धारमा उल्लेखनिय कार्य गर्न सफल भएको दावी गर्नु भयो । मध्यमाञ्चल क्षेत्रको राजधानी वाहेकका जिल्लामा भुकम्पमा परि २ जना प्रहरीको ज्यान गएको छ भने ५६ जना घाईते भएका छन । यसैगरि २७ जनाले पारिवारिक वियोग सहनु परेको उहांले वताउनु भयो ।
धादिङ जिल्लामा पनि प्रहरीले समयमै समन्वय गरेर विपदको घडीमा आपतमा परेकाहरुको उद्धार तथा सुरक्षामा उत्कृष्ठ कार्य सम्पादन गर्न सकेको सुवेदीको दावी छ । धादिङ जिल्लाको शान्ति सुरक्षाको पछिल्लो अवस्था,भुकम्प प्रभावितहरुको उद्धार, राहत बितरण, मृतकहरुको सनाखत, घाईतेहरुको उपचार लगायतका बिषयमा धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले प्रहरी नायव महानिरीक्षक सुवेदीलाई जानकारी गराउनु भएको थियो ।
अनुगमनका क्रममा भुकम्पले घर भत्किएपछि विना श्रोत साधन उद्धारमा खटिएर उद्धारमा सक्रिय रहेको भन्दै नलाङ प्रहरी चौकीका प्रमुख असई जुगेश्वर यादव र प्रहरी जवान अनुप तामाङको प्रसंसा गर्दै आगामी दिनमा यस्ता उत्कृष्ठ कार्यको उचित मुल्याङकन हुने सुवेदीले वताउनु भएको थियो ।