पाँच सय पत्रकारलाई धमलाको राहत

503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नयाँ नयाँ काम गरेर चर्चामा आईरहने  ऋषि धमलाले धादिङका भुकम्प पिडित पत्रकारहरुको लागि भन्दै एक लाख ५० हजार रुपैया दिएपछि धादिङका विभिन्न संचारमाध्यममा जोडिएका,पत्रकारितामा सक्रिय नभएपनि भुकम्प पिडित भएकाहरुले उक्त रकम प्रति व्यक्ति ३ हजारका दरले बुझेर लिएका छन । रकम क-कस्ले बुझे भन्ने वारेमा सबैको नाम वाहिर ल्याउन नसकेपनि धादिङका ५० जनाले भुकम्प पिडित पत्रकारको नामबाट ऋषि धमलाको सहयोग लिएको बुझिएको छ ।
गृह जिल्लाका पत्रकारलाई नगद राहत दिनुका साथै गाउं गाउंका भुकम्प पिडितहरुलाई खाद्यान्न लगायतको राहत सामाग्री वितरण गर्न भ्याएका धमलाले राजधानीका नाम चलेका पत्रकारलाई पनि राहत दिएर चर्चामा आएका छन ।

संसदीय अनुगमन समितिअन्तर्गतका उपसमितिहरूले दुर्गम र भूकम्पबाट अति प्रभावित गाउँहरूमा राहत नपुगेको प्रतिवेदन सार्वजनिक गरिरहेका बेला राजधानीमा भने हुने खानेहरूलाई ‘त्रिपाल र टेन्ट’का साथै राहत वितरण गरेको पाइएको छ ।

hastantaranयसको पछिल्लो उदाहरण रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमललाले दिएका छन् । उनले शुक्रबार एमालेका सभासद महेन्द्र शेरचनद्वारा सञ्चालित राजधानी दैनिक र सरकारी स्वामित्वको गोरखा पत्र दैनिकलाई टेन्ट र त्रिपाल वितरण गरेर प्रत्यक्ष उदाहरण दिएका हुन् ।

‘महेन्द्र शेरचनले हज्जारौँ त्रिपाल र टेन्ट किन्ने क्षमता राख्छन् । एक थान टेन्ट किन लिएको होला ?’, राजधानी दैनिकका एक पत्रकारले भने, ‘गाउँका सर्वसाधारणले अहिलेसम्म त्रिपाल र टेन्ट नपाइरहेका बेला किन चाहियो मालिकहरूलाई राहत ?’

राजधानी दैनिकको ललितपुरको कुपण्डलोस्थित भाडाको भवन क्षतिग्रस्त बनेपछि काठमाडौंको चावहिल स्थित प्रेस रहेको आफ्नै भवन परिसरबाट राजधानी दैनिकका लागि काम हुँदै आएको छ ।

क्लवका अध्यक्ष धमलाले राजधानी दैनिकका सम्पादक राजन शर्मालाई एक थान टेन्ट हस्तान्तरण गरेको जनाएका छन् । त्यसअघि उनले राजधानी दैनिकको भवनको अनुगमन गरेका थिए ।

उता, सरकारी स्वामित्वको गोरखापत्र दैनिकका पत्रकारहरूले पनि अध्यक्ष धमलासँग २० थान त्रिपाल लिएका छन् । बिहीबार धमलाले गोरखापत्र दैनिकका सह–सम्पादक नारदमणि गौतममार्फत गोरखापत्र दैनिकलाई २० थान त्रिपाल उपलब्ध गराएको क्लवद्वारा सम्प्रेषण समाचारमा उल्लेख छ ।

क्लवका अध्यक्ष धमलाले यसअघि राजधानीमा रहेका पाँच सयभन्दा बढी पत्रकारहरूलाई त्रिपाल र राहत सामग्री उपलब्ध गराइसकेको दावी गरेका छन् । उनले सो राहत सामाग्री कहाँबाट कसरी ल्याएर वितरण गरेका हुन् समाचारमा स्रोत खुलाएका छैनन् ।