कालिगण्डकीबाट पानी बग्न थाल्यो

451 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumbम्याग्दीको बैसरीमा आइतबार राति १ बजेदेखि कालीगण्डकी नदी थुनिएर बनेको तलाउबाट सोह्र घण्टापछि पानी बग्न थालेको छ।

 राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले थुनेको कालीगण्डकीबाट साँझ पाँच बजेदेखि पानी बग्न थालेको हो। पहिरो थुप्रिएर बनेको बाँध भरिएर पानी बग्न थालेको छ।

पानीले आफैं बाटो बनाएर तलतर्फ बग्न थालेको प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए। पहिरोले कालीगण्डकी नदी थुनिदाँ एक सय मिटर गहिरो तीन किलोमिटर टाढासम्म तलाउ बनेको थियो।

तलाउमा करिब तीस लाख घनमिटर पानी जम्मा भएको थियो। तलाउ भरिएर पानी बग्न थालेपछि तलाउमा पानीको सतह बढेको छैन्। करिब पाँच सय मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस २ र राम्चे ९ मा २६ घर पुरीएका छन्।