कुम्पुर गाविसमा बैशाख १० मा भुकम्प आएको भन्दै राहतका लागि सिफारिश

1040 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150524_144600बैशाख १२ को महाभुकम्पले देशनै तहस नहस पारेर विपदको सामना गरिरहेको बेला धादिङको कुम्पुर गाविसका सचिवले भने बैशाख १० गते भुकम्प आएको भन्दै राहतका लागि सिफारिश गरेका छन ।
धादिङ न्यूज डट कमले प्राप्त गरेको गाविसको सिफारिश पत्रमा प्रष्ट संग लेखिएको छ – २०७२ बैशाख १० गते आएको भुकम्पमा परि कुम्पुर गाविसका २ हजार घर क्षतीग्रस्त भएका छन । जिल्ला दैवि प्रकोप उद्धार समितिको अभिलेख अनुसार कुल जनसंख्या १० हजार १२ जना रहेको कुम्पुर गाविसमा २१ सय २२ घर रहेकोमा बैशाख १२ को महाभुकम्पले १३ सय ३७ घर पूर्णरुपमा र ५ सय ७२ घर आंशिक क्षती भएको छ । यसैगरी भुकम्पका कारण गाविसभरीमा ४० जनाको ज्यान जानुका साथै ३ जना गम्भिर घाईते भएका छन ।
जिल्ला दैवि प्रकोप उद्धार समितिले बैशाख १२ को महाभुकम्पले गाविसमा पुगेको जनधनको क्षतीका लागि राहत वितरणको व्यवस्था मिलाईरहेको वेला गाविस सचिवले भने टोल टोलमा रहेका आमा समुह, युवा क्लव,सामाुदायिक संस्थाको नाममा पत्र दिंदै राहत उपलव्ध गराईदिन सिफारिश गर्ने गरेको पाईएको छ ।
DSC_0038गाविस सचिव बिदुर ढोडारीको हस्ताक्षर रहेको जेठ ८ गते जारि गरिएको सिफारिस पत्रमा बैशाख १० गतेको भुक्मपमा पिडित भएकाहरुको लागि राहत माग गरिएको र सोहि सिफारिसका आधारमा कुम्पुर आदमाटारको महिला समुहले गाउंका लागि भन्दै जिल्ला दैवि प्रकोप उद्धार समितिबाट राहत बुझेर लगेका थिए । महिला समुहले राहत वांड्दा राजनैतिक आस्थाका आधारमा विभेद गरेको भन्दै कुम्पुर र कल्लेरीका महिला समुह आईतबार जिल्ला प्रशासन कार्यालय आईपुगेका थिए । राहत माग्दै आएका महिला समुहलाई सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले गाविस सचिव आएर सिफारिश गरेमा राहत दिन सकिने भन्दै फर्काउनु भएको थियो । गाविस सचिव ढोडारीसंग भने सम्पर्क हुन नसक्दा गाउंवाट आएका महिलाहरु आक्रोशित बन्न पुगेका थिए । यत कल्लेरी बेलिनटारका महिला समुहले पनि गाउंमा राहत नपुगेको भन्दै धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद बुर्लाकोटीको ध्यानाकर्षण गराएका थिए । सभासद वुर्लाकोटीले महिला समुहको समस्यालाई सम्वन्धित निकायमा बुझेर तत्काल समाधानको पहल गरिने वताउनु भएको थियो ।