बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना

671 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बैरेनी,२१ जेठ (धादिङ न्युज )सामाजिक सेवाको माध्यमबाट समाजमा परिवर्तन र विकासका लागि योगदान पु¥याउने लक्ष्यका साथ धादिङको बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना गरिएको छ ।
7891_4886820298877_1366301672_n

जिल्लाको बैरेनी,कल्लेरी र गोगनपानी गाविसका युवाहरुको सक्रियतामा बैरेनी गाविसको वडा नम्बर ८ मा कार्यालय रहने गरी राईजिङ सोसाईटी नेपाल ( आरएस नेपाल ) संस्थाको स्थापना गरिएको हो । संस्था ऐन २०३४ वमोजिम जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई समाज कल्याण परिषदमा समेत आवद्ध भएको संस्थाको अध्यक्षमा सन्तोष घिमिरे रहनु भएको छ ।
एघार सदस्यिय कार्य समितिको  उपाध्यक्षमा पेशल श्रेष्ठ र गीता खरेल,सचिवमा सन्तोष अधिकारी सह सचिवमा संगम श्रेष्ठ र कोषाध्यक्षमा  शेर बकस मियाँ    रहनु भएको छ भने सदस्यहरुमा  विना ढकाल,विश्वनाथ खतिवडा प्रदिप खतिवडा,सुमन महर्जन र म्ुामदिन मियाँ रहेको वताईएको छ । संस्थाले     विभिन्न सरकारी तथा गैर सरकारी निकायसंग समन्वय गरी समुन्नत र सभ्य समाजको निर्माणका लागि संस्थाले विभिन्न अभियानहरु संचालन गर्ने बताईएको छ ।