भूकम्पमा परी ८ हजार ७ सयको मृत्यु, बाइस हजार बढी घाइते
678 पटक पढिएको
काठमाडौँ, १८ जेठ, भूकम्पमा परी सोमबार बिहान १० बजेसम्ममा आठ हजार छ सय ९९ जनाको मृत्यु र २२ हजार चार सय ८९ जना घाइते भएका छन् ।
भूकम्पमा परी काठमाडौँ उपत्यकामा एक हजार सात सय २९, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय ५५, पश्चिमाञ्चलमा चार ५५ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार १२, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ४५, पश्चिमाञ्चलत्रमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् । घाइतेमध्ये चार हजार छ सय ५३ जनाको उपचार भइरहेको छ ।
भूकम्पमा परी नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरी बलका एक, ११ जना निजामती कर्मचारी तथा ७९ विदेशीको मृत्यु भएको छ । त्यसैगरी नेपाल प्रहरीका एक सय ८३, नेपाली सेनाका छ, सशस्त्र प्रहरी बलका ३२ र ५० जना विदेशी पर्यटक घाइते भएका छन् । भैँचालोमा परेर हालसम्म एक सय ९३ नेपाली र ८० जना विदेशी बेपत्ता भएका छन् ।