इन्धन मूल्यबृद्धिको निर्णय फिर्ता

644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nocकाठमाडौं – नेपाल आयल निगमले सोमबार बढाएको पेट्रोलियम पदार्थको मूल्य एक घण्टा नबित्दै फिर्ता लिएको छ । चौतर्फी दबाब र विरोध बढेपछि आयल निगम मूल्य वृद्धि फिर्ता लिन बाध्य भएको हो । राहत चाहिएको बेला भाउ बढाएर आहत दिएको मूल्यवृद्धिको विरोध भएको थियो । सबैतिरबाट मूल्य नबढाउन सुझाव आएकोले तत्काललाई मूल्यबृद्धि फिर्ताको निर्णय गरेको आयल निगमले जनाएको छ ।
निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको थियो ।