ज्यामरुङ गाविसका १२ विद्यालयलाई जस्तापाता सहयोग

306 पटक पढिएको

प्रकाशित मिति: १९ जेष्ठ २०७२, मंगलवार ०५:२८

सम्पादक: Dhading News

ज्यामरुङ -गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले धादिङको ज्यामरुङ गाविसमा रहेका ११ सहित १२ विद्यालयलाई जस्तापाता उपलब्ध गराएको छ । संघले भूकम्पबाट अति प्रभावित जिल्ला धादिङका दुईवटा गाउँ विकास समितिका विद्यालयहरुलाई जस्तापाता उपलब्ध गराएको हो ।  एनआरएन दक्षिण कोरियाको सहयोगमा प्राप्त भएको ६५ वण्डल जस्तापाता बिहीबार जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाललाई हस्तान्तरण गरिएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवरले मातृभूमिमा परेको विपत्तिलाई केही कम गर्न विद्यालयहरुलाई जस्तापाता सहयोग गरिएको जानकारी दिए । जस्तापाता हस्तान्तरण गरिएका विद्यालयहरुमा ज्यामरुङको अन्नपूर्ण प्रावि, गोलाभञ्ज्याङ प्रावि, कुमारीदेवी माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, स्थानापति माध्यमिक विद्यालय र शङ्खादेवी उच्च माध्यमिक विद्यालयलाई प्रतिविद्यालय छ वण्डलका दरले जस्तापाता उपलब्ध गराएको उनले बताए ।

IMG_0007यस्तै, उक्त संघले जनभावना निम्न माध्यमिक विद्यालयलाई चार वण्डल जस्ता हस्तान्तरण गरेको छ । भने साङकोषमा रहेको मनरुपी माध्यमिक विद्यालयलाई २५ वण्डल जस्तापाता हस्तान्तरण गरिएको संघले जनाएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिमा राहत पु¥याउन र पुनर्निर्माणमा सहयोग गर्न उक्त सहयोग गरिएको जनाइएको छ । संघ तथा एनआरएनले पुनर्निर्माण तथा राहतमा निरन्तर सहयोग गर्ने भन्दै भूकम्प प्रभावित जिल्लाहरुमा भत्किएका संरचनाहरुको पुनर्निर्माणमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  जस्तापाता हस्तान्तरण कार्यक्रममा एनआरएन न्यूजिल्याण्डका अध्यक्ष चक्रबहादुर थापा, एनआरएन दक्षिण कोरियाका सदस्य ओम नारायण जुग्जाली, योंगस्टार क्लब दक्षिण कोरियाका अध्यक्ष रञ्जन कुँवर, एसियन ह्युमन राइटका अध्यक्ष सिद्धिचन्द बरला, मनरुपी माविका प्रधानाध्यापक टोपबहादुर गुरुङ र व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद धमलाको उपस्थिति थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१९ जेष्ठ २०७२, मंगलवार ०५:२८ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को.....

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

Categories