कुम्पुर १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई झुल

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ – कुम्पुर  गाविसका १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई मंगलबार झुल वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पालमुनि बस्दै आएका २ सय ५० घर धुरीलाई प्रतिघर एउटाको दरले झुल वितरण गरिएको हो ।

kumpurपर्वतका कैलाश तिमिल्सीना र रुकुमको बाँफीकोट ८ घर भइ हाल अमेरिकाको टेक्सासमा बस्दै आएका भुपेन्द्र केसीको संयुक्त पहलबाट संकलन गरिएको ८० हजार रुपैयाँले झुल किनेर वितरण गरिएको कार्यालयले जनाएको छ ।

भुकम्प गएपछि प्रदुषित हुँदै गएको वातारणमा लामखुट्टे बढीरहेको बेला झुल वितरण बरदान सावित भएको भुकम्प पीडित बाबुकाजी थापाले बताए ।

प्रदुषित वातावरणका कारण विभिन्न खालका सरुवा रोग लाग्न सक्ने भन्दै त्यसबाट सचेत रहन स्वास्थ्यकर्मीले सबैलाई आग्रह गरेका छन् ।