विकिपिडिया नेपालले फोटो प्रतियोगिता गर्ने

159 पटक पढिएको

प्रकाशित मिति: २१ जेष्ठ २०७०, मंगलवार ०५:३९

सम्पादक: Dhadingnews.com

 

 

विकिपिडियाकाठमाडौँ, २१ जेठ । विभिन्न भाषामा सूचनामूलक सामग्री इन्टरनेटमार्फत उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ ।

विकिपिडियाको ११ औँ वार्षिकोत्सवका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहितको फोटो प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो । आगामी सेप्टेम्बर महिनाभर प्रकाशित हुने फोटोहरूको प्रतियोगिता गर्न लागिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले वार्षिकोत्सवको केक काटेर उद्घाटन गर्दै बहुभाषा रहेको नेपालमा विकिपिडियाले विविध भाषाका सामग्री पस्कन सकेकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाली लेखक र साहित्यकारहरूले सूचना र प्रविधिको उपयोग गरेर नेपालका विविध भाषालाई विश्वव्यापी चासोको विषय बनाउन आग्रह गर्नुभयो । प्राज्ञ सुलोचना मानन्धरले विकिपिडियाले विविध भाषाका सामग्री दिएर भाषा साहित्यको विकासमा योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तिले विकिपिडियामा विभिन्न भाषाका लेखको सम्पादन गर्नुका साथै नयाँ लेखसमेत राख्ने अभ्यासमा सहभागी भएका थिए । सबैले सम्पादन गर्न सक्ने अनलाइन विश्वकोष विकिपिडिया नेपालमा २०५९ मा सुरु भएको विकिपिडिया नेपालका अध्यक्ष गणेश पौडेलले बताउनुभयो ।

अङ्ग्रेजी विकिपिडिया सुरु भएको एक वर्षपछि नेपाली विकिपिडियाले काम थालेको हो । यो दक्षिण एसियाको जेठो विकिपिडिया पनि हो । विकिपिडिया नेपालले नेपालमा बोलिने सबै भाषामा क्रमशः विकिपिडिया पेजहरू बनाउँदै लाने योजना बनाएको पनि अध्यक्ष पौडेलले बताउनुभयो । रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२१ जेष्ठ २०७०, मंगलवार ०५:३९ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories