भूकम्पप्रभावित १४ जिल्लामै टेलिकमको निःशुल्क वाईफाई

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

    WIFI-Symbolधादिङ–जेठ २५,नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमले धादिङ दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोन/इन्टरनेट निःशुल्क गरेको थियो ।

कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् ।