सिरियामा अलपत्र धादिङकी सुनिता मगरको उद्धारमा आर्थिक अभाव

793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11053101_837511849652185_6972418386693733976_nधादिङ- दलालको फन्दामा परेर सिरिया पुगेर वन्दक बनाईएकी धादिङको नीलकण्ठ नगरपालिका –८ को मगर गाउँ घर भएकी सावित्री मगरकी छोरी  सुनिता मगरको उद्धारका लागि रकम अभाव भएको छ । टिकट किन्नका लागि चाहिने रकम नभएका कारण सुनिता द्धन्द्धग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कनबाट रोकिएकी छिन ।
गैर आवासिय नेपालीहरुको संस्था एनआरएनका सदस्य धादिङ मैदीका वालकृष्ण श्रेष्ठको पहलमा सुनिताको पछिल्लो अवस्था पत्ता लागेपछि उनलाई त्यहांवाट सकुशल उद्धारको प्रयास शुरु भएको छ ।
बैदेशिक रोजगारीका लागि दलालले सिरिया पु¥याएर छाडेको र उनले काम गरे वापतको तलव पनि सोही दलालले अग्रिम भुक्तानी लिएर जाने गरेका कारण सुनिताको बिचल्ली भएको हो ।
द्धन्द्धग्रस्त मुलुक सिरियाबाट सुनितालाई नेपाल फर्काउन श्रेष्ठको सक्रियतामा खटिएको टोलीले पहल गरेपनि हवाई टिकटको लागि चाहिने रकम जुटाउन नसक्दा उद्धारमा ढिलाई भईरहेको श्रेष्ठले वताउनु भयो ।

son and daughter Sunita Magarधादिङको मैदी गाविस वडा नम्बर १ उखुवारीमा विहे भएकी सुनितालाई घरवाट निकालेर लोग्नेले सौता भित्र्याएपछि एक छोरा र एक छोरीको भविष्यका लागि सुनिता वैदेशिक रोजगारीमा जाने निष्कर्षमा पुगेर विदेश गएकी थिईन । लामो समय माईतीघरमा बस्दै आएकी सुनिता बैदेशिक रोजगारीमा गएको केही समय पछि परिवारको सम्पर्कमा आउंदा आंफु द्धन्द्धग्रस्त मुलुका आईपुगेको र यहांवाट बचेर घर फर्कन सक्ने अवस्था नरहेको भन्दै आमालाई फोन गरेपछि उनको ज्यानको सुरक्षा र सकुशल घर फकाईदिन परिवारले आग्रह गरेको थियो ।

सुनिताको कष्टकर जिवनको वारेमा प्रकाशित समाचार पढेपछि मैदी गाविस घर भई फिनल्याण्ड बस्दै आईरहेका श्रेष्ठले सुनिताको उद्धारका लागि अभियान शुरु गर्नुभएको थियो ।
पटक पटकको प्रयास पछि सुनितालाई काममा लगाउने साहुले उनलाई घर फर्काइदिन सहमती जनाएपनि दलालले लगेको रकम फिर्ता पाउनु पर्ने अडान राखेपछि समस्या भएको श्रेष्ठले वताउनु भयो । सुनितालाई काममा लगाउने साहु संगको पटक पटक अनुरोध गरेपछि उस्ले घर फकाईदिन सहमती जनाएको पनि श्रेष्ठले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
Sabitra_Magar_Dhading_499449753सिरियाबाट नेपाल फर्कनका लागि करिव ८ सय अमेरिकी डलर खर्च लाग्ने भएकाले अहिले सोही रकमको अभावले सुनितालाई नेपाल फर्काउन नसकिएको भन्दै श्रेष्ठले सहयोगका लागि आग्रह गर्नुभएको छ । पारिवारिक अवस्था ज्यादै कमजोर रहेको र आंफुले कमाएको रकम पनि दलालले अग्रिम लगेकाले नेपाल फर्कनका लागि चाहिने टिकट खरिदका लागि रकम जुटाउन नसक्दा आफ्नो घर फर्कने रहर पुरा नहुने होकी भनेर सुनिताले चिन्ता व्यक्त गरिरहेको पनि श्रेष्ठले वताउनु भएको छ ।
सुनितालाई नेपाल फर्काउन सहयोग गर्न चाहनेले फिनल्याण्डमा रहनु भएका वालकृष्ण श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ । नेपाल भित्रबाटै सहयोग गर्न चाहनेहरुको लागि धादिङ न्यूज डट कम मार्फत पनि वालकृष्ण श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ ।